onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

काँग्रेस केन्द्रीय सदस्यद्वय दहित र गौतमद्वारा अन्य पार्टीको लहलहैमा नलाग्न आग्रह

Sambad ADD long

भुरीगाउँ, बर्दिया : आगामी मंसिरमा ४ हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरि नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले बर्दियाका विभिन्न पालिका तथा निर्वाचन क्षेत्रमा कार्यकता भेटघाट तथा कार्यकर्ता भेलाको कार्यक्रममलाई तिब्रता दिन थालेका छन् । दुइ निर्वाचन क्षेत्र रहेको बर्दियामा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले बर्दियाका विभिन्न पालिका तथा क्षेत्रमा कार्यकता भेटघाट तथा कार्यकर्ता भेलाको कार्यक्रममलाई तिब्रता दिन थालेका हुन् ।

यसै क्रममा आज नेपाली काँग्रेस ठाकुरबाबा नगरसमितीको आयोजनामा ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को रानीपुर चौरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्रिद्वय डा‍. गोपाल दहित र सञ्जय गौतमको सहभागितामा कार्यकर्ता भेला सम्पन्न भएको नगर सभापति पदम बहादुर खड्काले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्रिद्वय डा. गोपाल दहित र सञ्जय गौतमले नेपाली काँग्रेसको कार्यकर्ता भेलामा सहभागिता जनाउँदै बर्दिया जिल्लाको विकासका लागि सधै सक्रिय भएर लाग्ने र नेपाली काँग्रेसको आफ्नै निति नियम बिधि र बिधान भएकाले र अरु पार्टिहरुले आफ्नोमा लिन बिभिन्न प्रयास गरेकाले ब्यक्तिगत लहलहैमा लागेर अरु पार्टिमा नलाग्न थारु समुदायलाई आग्रह गर्नुभएको छ ।

यसैबिच उहाँहरुले बर्दिया क्षेत्र नम्बर १ र २ मा अहिले जित्ने माहोल बनेकाले आगामी पन्ध्रौ महाधिवेसन अराजकताबाट मुक्त हुने बताउदै कसैलाई आग्रह र पुर्वाग्रह गरेर बदनाम गर्न खोजिन्छ भने त्यसको साँवाब्याज जनताले लिनेसमेत बताउनुभएको छ । पुर्व मन्त्रि समेत हुनुभएका नेपाली काँग्रेसका केन्द्रिय सदस्यद्वय दहित र गौतमको सहभागितामा नेपााली काँग्रेस ठाकुरबाबा नगर सभापति पदम बहादुर खड्काले केन्द्रिय सदस्यसंग कार्यकर्ता भेटघाट तथा कार्यकर्ता भेलाको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

गुट उपगुटका कारण नेपाली काँग्रेस भित्र केन्द्र देखि स्थानीय तहसम्म आन्तरिक विवाद समेत सुरु हुन थालेको छ । नेपाली काँग्रेसको संस्थापन पक्ष र इतर पक्षबीच आन्तरिक खटपटका कारण ठाकुरबाबा नगरपालिकामा आज आयोजना गरिएको कार्यक्रममा केहिबेर नाराबाजी समेत भएको छ । नेपाली काँग्रेसको संस्थापन पक्ष र इतर पक्षको आन्तरिक विवादका कारण बेलाबेला कार्यक्रममा आरोप प्रत्यारोप हुने गरिएको जनाइएपनि यसपटक भने केन्द्रिय सदस्यद्वय दहित र गौतमले कार्यकर्ता भेलामा सम्बोधन गर्ने क्रममा केहीबेर नाराबाजी गरेका कार्यकर्ताले जनाएका छन् ।

केन्द्रिय सदस्यहरुको कार्यक्रममा किन र कस्ले विरोध जनाउन आदेश दिएको भन्ने नखुलेपनि आपसी विवादका कारण काँग्रेस भित्रकै असन्तुष्ट कार्यकताले नाराबाजी गरेको हुनसक्ने जनाइएको छ । कार्यकर्ता भेलामा सम्बोधन गर्ने क्रममा केहिबेर भएको नाराबाजीका बारेमा केन्द्रिय सदस्यद्वय दहित र गौतमले केही प्रतिक्रिया नजनाएपनि यो प्रवृती राम्रो नभएको र आगामी दिनमा यस्तो गतिबिधी नगरी सहमती सहकार्य गर्नुपर्नेमा जोड दिन आग्रह गर्नुभयो । साथै संघीय सांसदसमेत रहनुभएका तथा पुर्वमन्त्री संजय गौतम र केन्द्रिय सदस्य तथा पुर्वमन्त्री समेत रहनुभएका डा. गोपाल दहितको सुरक्षामा प्रहरी प्रशासन असफल भएको बर्दियाका काँग्रेस नेताहरुको भनाइ छ ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुरमा दुइ साता अघि अन्य पार्टीको पनि कार्यकर्ता भेलाको कार्यक्रम भएकाले नेपाली काँग्रेसले पनि आगामी निर्वाचनमा सक्रिय भएर लाग्न र आफ्ना कार्यकर्ताहरु अन्य पार्टीको प्रलोभनमा नपरुन भन्ने उदेश्यले कार्यकर्ता भेलाको आयोजना गरेको हो ।

नेपाली काँग्रेस ठाकुरबाबा नगरसमितीको आयोजनामा ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को रानीपुर चौरमा आयोजित कार्यक्रममा ठाकुरबाबा नगरपालिका सहित अन्य पालिकाका नेपाली काँग्रेसका केहि सक्रिय नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको नगर सभापति खड्काले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.