onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा नागरिक समाजको गठन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा नागरिक समाजको गठन तथा क्षमता अभिवृद्धि सम्बन्धि कार्यशाला गोष्ठि सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाको समन्वय तथा प्लान इन्टरनेशनल नेपाल र बि–ग्रुप बर्दियाको साझेदारीमा नागरिक समाजको गठन तथा क्षमता अभिवृद्धि सम्बन्धि कार्यशाला गोष्ठि सम्पन्न भएको हो ।

साउन २५ र २६ गते गरी दुई दिन सञ्चालन गरिएको क्षमता अभिवृद्धि सम्बन्धि कार्यशाला गोष्ठिमा प्रकाश उपाध्यायले प्रशिक्षण दिनुभएको थियो । ठाकुरबाबा नगरपालिकामा बालविवाह न्यूनिकरण परियोजना मार्फत् बिभिन्न सामाजिक संघसंस्थाहरुले काम गर्दै आइरहेका छन् । कार्यक्रममा ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिना कुमारी भट्टराइले वार्षिक रुपमा २० वर्ष नपुग्दै बच्चा जन्माउनेको सख्या १०५ भन्दा बढि रहेको बताउनुभयो । अशिक्षा, जनचेतनाको कमी तथा पारिवारिक समस्याका कारण पछिल्लो समय आमाबुबाले गरिदिने विवाह घटेपनि आफै भागेर विवाह गर्नेको सख्या बढेकाले भिडियो एक्सरे मार्फत् आफ्नो बच्चाको अवस्था कस्तो छ भनी समय समयमा परिक्षण गराउन सम्पूर्ण आमाहरुलाई उपप्रमुख भट्टराईले आग्रह गर्नुभयो ।

वालविबाह न्यूनिकरण गर्न ठाकुरबाबा नगरपालिकाले बिभिन्न परियोजनाहरुसंग मिलेर सचेतना, जनचेतना मुलक कार्यहरु गर्दै आईरहेको छ । नगरपालिकाले लागुपदार्थ दुव्र्यसनीका घटनाहरु बढ्न नदिन महत्वपूर्ण भुमिका खेल्दै आएको छ । कार्यक्रममा पछिल्लो समय के कस्ता घटनाहरु बढिरहेका छन् ति घटनाहरुलाई न्यूनिकरण गर्नका लागि के कस्ता क्रियाकलापहरु आयोजना गर्न सकिन्छ र नागरिक समाजको दायित्वहरु के कस्तो हुन्छ भनेर छलफल गरिएको छ ।

कार्यक्रममा सहभागिहरुले बर्दियामा पछिल्लो समय गरिबी, जनचेतनाको कमि, मोवाइल इन्टरनेटको दुरुपयोग, देखासिखि, बैदेशिक रोजगार, पितृसतात्मक सोँच, खराब साथीहरुको संगत, घरेलु हिंसा, बालबालिकाका प्रति जिम्मेवार अभिभावकहरुको कमि, किशोरावस्थामा हुने परिवर्तनका कारण वालविवाह, लागुपदार्थ दुव्र्यसन, छाउपडि प्रथा, बहुविवाह, लैगिंक विभेद, जातिय बिभेद, दाइजोप्रथा जस्ता समस्याहरु बढेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.