onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबाका थप ३० जनाले पाए अपाङ्गता परिचयपत्र

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले अपाङ्ग भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको छ । अपाङ्गता भएका व्यक्ति सरकारी सेवाबाट वञ्चित हुन नपरोस भनेर परिचयपत्र वितरण गरिएको ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिना कुमारी भट्टराइले बताउनु भयो ।

नगर उपप्रमुख भट्टराईका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण सरकारले गर्ने भएकाले परिवार तथा समाजबाट अपहेलित हुन नपरोस र सम्मानपुर्वक जीवनयापन गर्न सकुन भनेर छनौटमा परेका अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचयपत्र वितरण गरी सामाजिक सुरक्षा भत्तामा जोडिनेछ । समितिको बैठकमा नगर उपप्रमुख भट्टराइले अपांगता भएका व्यक्तिहरूको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको र त्यसमा पनि धेरैजसो सुगर र प्रेशरका कारण पक्षघातको समस्याबाट पीडितहरू भएको तथा जन्मदै अपांग भएर जन्मिएका बच्चाको संख्या बढी देखिएकाले नियमित रूपमा स्वास्थ्य संस्थामा गएर आफ्नो स्वास्थ्य चेकजाँच गर्न सचेतना फैलाउनु पर्ने बताउनु भयो ।

अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी अपाङ्गता पहिचान गर्दै परिचयपत्र वितरण गरिएको हो । ठाकुरबाबा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोगनसरा आचार्यका अनुसार अपाङ्गता भएका ३० जनालाई परिचयपत्र वितरण गरिएको छ । ठाकुरबाबा नगरपालिका, स्थानीय अपाङ्ग समन्वय समितिको बैठकले अपाङ्गता परिचयपत्रका लागि निवेदन दिएका ३५ जनाको परिक्षण गरी त्यसमध्ये ३० जनालाई विभिन्न श्रेणीको अपाङ्गता परिचयपत्र वितरणका लागि छनौट गरेको थियो ।

३० जना मध्य पूर्ण अशक्त अपागङ्ता भएका ४ जनालाई रातो कार्ड, अति अशक्त अपागङ्ता भएका १७ जनालाई निलो कार्ड र सामान्य अपाङ्गता भएका ९ जनालाई पँहेलो कार्ड वितरण गरिएको नगर उपप्रमुख भट्टराईले जानकारी दिनुभयो । परिचयपत्र वितरण कार्यक्रममा सहभागिहरुका अनुसार अपाङ्गता परिचयपत्र पाए पनि स्थानीयस्तर तथा समुदायमा हुने विभिन्न कार्यक्रमहरुमा समावेशीताको आधारमा सहभागी हुँदा आमन्त्रण गरे पनि आफ्ना कुरा राख्दा होच्याउने र हेपाहा ,प्रवृत्ती देखाइने गरेको छ ।

अपाङ्गता भएका व्यक्तिले सहज रूपमा जीवन निर्वाह गर्न नसकेको अर्का सहभागीले गुनासो गर्नुभयो । अपाङ्गता भएका व्यक्तिहरुको विभिन्न सेवामा पहुँच पुग्न सकेको छैन भने उनीहरूको सहायक सामग्रीमा समेत न्यून पहुँच रहेको छ ।

Leave A Reply

Your email address will not be published.