आयोगमा दर्ता भयो एमाले, गठबन्धनबाट चुनाव नलड्ने घोषणा

Sambad ADD long

काठमाण्डौ : प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता हुने दशौं दल भएको छ । आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।

त्यसपछि क्रमशः मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन् ।

ठूला पार्टीमा एमाले पहिलो भएको छ । दल दर्तापछि प्रतिक्रिया दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी एक्लै चुनावमा जाने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.