onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बच्चालाई उचित मात्रामा स्तनपान गराउन आमाहरुलाई आग्रह

Sambad ADD long

भुरीगाउँ, बर्दिया : अगस्ट १ देखी ७ तारिख सम्म मनाईने विश्व स्तनपान सप्ताह अन्तरगत आज ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । थारु महिला उत्थान केन्द्रको साझेदारी, प्लान इन्टरनेशनल नेपाल तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो ।

सञ्चालित कार्यक्रममा स्तनपान गराई रहनु भएका आमा र बालबालिकाको विषयमा वृहत छलफल भएको छ । स्तनपान गराई रहनु भएका महिलाहरुले बालबालिकाहरुलाई कसरी स्तनपान गराउने, पूर्णरुपमा स्तनपान गराएका बालबालिकाहरुलाई कसरी चिन्ने, सहि आसनमा रहेर कसरी स्तनपान गराउने भन्ने विषयमा छलफल भएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर राजबंशीले ६ महिना पुरा नभएका बालबालिकाहरुलाई २४ घण्टामा १ देखि २ घण्टाको फरकमा ८ देखि १० पटकसम्म स्तनपान गराउनाले बालबालिका स्वस्थ र निरोगी रहने बताउनु भयो ।

कार्यक्रममा कामकाजी महिलाहरुका लागि स्तनपानको महत्वका विषयमा जानकारी गराईएको छ । स्तनपान सम्बन्धि चेतनाको अभावका कारण आमाहरुले आफ्नो स्तनपान नगराई गाई भैसीको दुध र अन्य बजारमा पाइने दुधको प्रयोग गर्ने गरेको पाईएको र यसबाट बालबालिकालाई हुने बेफाइदाका विषयमा छलफल गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.