
भुरीगाउँ, बर्दिया : गुलरिया नगरपालिका–१२, स्थित मनैया सामुदायिक वनबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन् । लागुऔषध (ब्राउन सुगर)को कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दिया जिल्ला गुलरिया नगरपालिका–१२, बस्ने राकेश श्रीवास्तब र सोहि ठाउँका नुरुदिन गड्डी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । नीहरुको साथबाट ४९० मिलिग्राम ब्राउन सुगर संगै १ वटा साइकल र १ वटा मोटरसाईकल प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका दुई जनाको विरुद्धमा लागुऔषध सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।