online-aama-surachhya-sandesh

माओबादी केन्द्र छाेड्दै प्रदेश कमिटी सदस्यले भने “एमाले नेकपाको निरन्तरता हो”

Sambad ADD long

भुरीगाउँ, बर्दिया : नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् राजापुर नगरपालिकाका पूर्व नगरप्रमुख शिव प्रसाद थारुले माओबादी केन्द्र छोडेको घोषणा गर्दै नेकपा एमाले नै नेकपाको निरन्तरता भएको बताउनु भएको छ ।

आज राजापुर नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको संघीय निर्वाचन क्षेत्र स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले प्रवेश गर्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् राजापुर नगरपालिकाकाे पूर्व नगरप्रमुख समेत रहनु भएका थारुले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा मधुवन नगरपालिककी पूर्व नगर उपप्रमुख शुभरानी थारु, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्यहरु सुरेश कुमार भुल, शान्ति चौधरी, राम बहादुर थारु लगायतका नेता तथा कार्यकर्ताहरु माओबादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । राम बहादुर थारु राजापुर नगरपालिका वडा नम्बर ५ को पूर्व वडाअध्यक्ष हुनुहुन्छ । नवप्रवेशीहरुलाई पार्टीका महासचिव शंकर पोखरेलले स्वागत गर्नु भयो ।

नेकपा एमालेमा प्रवेशगर्दै राजापुर नगरपालिकाका पूर्व नगरप्रमुख थारुले आफुले भूमिगत कालदेखि नै माओबादी केन्द्रलाई धेरै सहयोग गरेको र सोहि समयमा श्रीमती गुमाउनु परेको पिडा रहेपनि स्थानीय तहदेखि उपल्लो तहसम्म्म पार्टीमा अपहेलित भएर बस्नु पर्ने बध्यता कै कारण आफु पार्टीमा विद्रोह गरी नेकपा एमालेमा प्रवेश गरेको वताउनु भयो ।

कार्यक्रममा राजापुर नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाबाट नेपाली कांग्रेस, समाजवादी पार्टी, राप्रपा र जसपा परित्याग गरी १ सय बढी नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले बर्दियाका पार्टी सचिव अंगद श्रेष्ठले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.