ब्राउन सुगर सहित बढैयातालको दशगजा क्षेत्रबाट ३ जना पक्राउ

भुरीगाउँ, बर्दिया : बढैयाताल गाउँपालिका–८, दशगजा नजिकबाट लागुऔषध (ब्राउन सुगर) सहित तिन जना पक्राउ परेका छन् । शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस् : लागुऔषध (ब्राउन सुगर) सहित ३ जना पक्राउ

पक्राउ पर्नेमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नम्बर ५ बस्ने ललित बहादुर गुरुङ्ग, सोहि ठाउँका समिर सार्की र मधुवन नगरपालिका वडा नम्बर ६ बस्ने किरण वंशी मगर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरुको साथबाट ५५० मिलिग्राम ब्राउन सुगर संगै ३ वटा मोबाइल र एउटा बजाज कम्पनीको पल्सर मोटरसाईकल प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका तिनै जनाको विरुद्धमा लागुऔषध सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

Loading...