onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

लागुऔषध (ब्राउन सुगर) सहित २ जना पक्राउ

Sambad ADD long

भुरिगाउँ, बर्दिया : मधुवन नगरपालिका–८, कुसुम्बा घाट क्षेत्रको जंगलबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन् । लागुऔषध (ब्राउन सुगर)को कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नम्बर ८ गाउँ नम्बर ६ बस्ने दोर्णराज गुरुङ र सोहि ठाउँका बेद प्रसाद जैसी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरुको साथबाट दुईवटा प्लाष्टिकमा पोका पारेर राखेको ६४० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने शिलशिलामा दोर्णराज गुरुङको घरमा खानतलासी गर्दा भित्तामा लुकाई छिपाई राखेको २५ पुडियामा ४२० मिलिग्राम समेत गरी जम्मा १.०६ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जनाको विरुद्धमा लागुऔषध सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.