online-aama-surachhya-sandesh

बाढीपिडितले राहत नपाउँदा कर्जा तिर्न सकेनन् : ठाकुरबाबा प्रमुख लम्साल

Sambad ADD long

भुरीगाउँ, बर्दिया : लुम्बिनी प्रदेश सरकारको आयोजनामा प्रदेश सरकार र जिल्ला समन्वय समितिका पदाधिकारीहरु बिचको अन्तरक्रिया कार्यक्रम ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारामा सम्पन्न भएको छ ।

प्रदेश सरकार र लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरु लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममा विभिन्न जिल्लाका समन्वय समिति प्रमुखहरुले आफ्नो जिल्लाको समस्याहरुको विषमा प्रदेश सरकार समक्ष जानकारी गराउनुका साथै जिल्लाका विभिन्न समस्याका विषयमा छलफल गरिएकोे जनाईएको छ ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्सालले २०७१ सालमा बबई नदीमा आएको बाढिबाट पिडित भएकाहरुको समस्याको विषयमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद के.सी.लाई जानकारी गराउनुु भएको छ । अन्य प्रदेश सरकारहरुले बाढिपिडितहरुलाई राहात प्रदान गरिसकेको तर ठाकुरबाबा नगरपालिकामा रहेका बाढीपिडितहरुले अहिलेसम्म १ लाख रुपैयाँ समेत पाउन नसकेको भन्दै प्रदेश सरकारले बाढिपिडितहरुका लागि आवश्यक कदम चाल्न ध्यानाकर्षण गराउनुभएको हो ।

सहकारी र बैंकबाट कर्जा लिएर बाढीपिडितहरुले घर बनाएर आफ्नो बासस्थानको ब्यवस्था गरेको तर सरकारबाट राहत रकम पाउन नसक्दा कर्जा तिर्न नसक्ने अवस्था रहेको उहाँले बताउनु भयो । बाढीपिडितहरुले ठाकुरबाबा नगरप्रमुख लम्साल समक्ष हिजो ज्ञापनपत्र बुझाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख लम्सालले बर्दिया सहित देशैभरी बाघको संख्यामा बृद्धि हुँदै गर्दा बाघको सुरक्षित बासस्थान र आहाराको विषयमा हालको अवस्था के कस्तो छ भनेर अध्ययन गर्नुपर्ने बताउनुभयो । बाघको संख्या बढ्नु पर्यापर्यटनको लागि खुशीको कुरा भए पनि मानव र वन्यजन्तुबिच हुने द्वन्द प्रमुख चुनौति रहेकोले त्यसलाई जोगाउदै बाघको संरक्षणतर्फ लाग्नुपर्नेमा नगरप्रमुख लम्सालले जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.