
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा भदौ ५ गतेबाट पूर्ण हात धुने अभियान औपचारिक रुपमा शुभारम्भ गर्ने तयारी गरिएको छ । नगरपालिकामा गेरुवा ग्रामिण जागरण संघले आयोजना गरेको खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति बैठकमा सो कुराको जानकारी गराईएकाके हो ।
ठाकुरबाबा नगरपालिकालाई पूर्ण सरसफाई युक्त नगरपालिका बनाउने उद्देश्य सहित पूर्ण हात धुने अभियान सुरुवातको लागि नगरस्तरिय खानेपानी तथा सरसफाई र स्वच्छता समन्वय समितीको बैठकको आयोजना गरिएको ठाकुरबाबा स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशीले जानकारी दिनुभयोे ।
खानेपानीमा भएको जनशक्तिलाई समेत सरसफाईमा मात्र परिचालन गर्दा विगतमा खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्न सफल भएकाले खानेपानीको गुणस्तरको क्षेत्रमा पनि त्यस्तै अभियानको खाँचो भएको र पूर्ण हात धुने अभियानमा पनि सबैको साथ हुनुपर्ने गेरुवा ग्रामिण जागरण संघका कार्यकारी निर्देशक हरि सुवेदीले बताउनुभयो ।