
भुरीगाउँ, बर्दिया : बाघ दिवसको अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) बर्दियामा मानव–वन्यजन्तु द्वन्द न्यूनिकरण कार्यक्रमको पुर्नःसंगठन गरिएको छ । बाघ दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा १९ वटा उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
पछिल्लो समयमा मानव र वन्यजन्तु बिचको द्वन्द न्यूनिकरणका लागि १९ वटा उपभोक्ता समितिका युवाहरुले समुदायमाका करिव ८ हजार भन्दा बढिको सख्यामा सहभागी गराई सचेतना मुलक कार्यक्रम सम्पन्न गराएको जनाईएको छ । कार्यक्रममा १९ वटै उपभोक्ता समुहका युवाहरुलाई कार्यक्रम संचालन गर्न प्रोत्साहन स्वरुप झोला, टिसर्ट, क्याप टोपी वितरण गरिएको छ ।
समुदायमा हुने गरेका मानव–वन्यजन्तु द्वन्द न्यूनिकरण सम्बन्धि कार्यक्रम सन्चालनका लागि अवश्यक पर्ने सामाग्री राष्ट्रिय प्रकृति संरक्षण कोषबाट उपलब्ध गराउन सकिने कोषका प्रमुख डा.रविन कडरीयाले बताउनुभयो ।