भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपलिका–२, रानीपुरमा नागरिक उन्मुक्ती पार्टीले जनजागरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । नागरिक उन्मुक्ति पार्टी नगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पार्टीसंग आवद्ध रहेका आम जनताको सहभागीता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले थारु, दलित, आदिबासी लगायतका पिछडिएका वर्गहरुमा भएका दमन शोषण र जातिए विभेदको अन्य गरिनु पर्ने कुरामा जोड दिएका छन् । थारु समुदायमा भएका विभिन्न घटनाहरुलाई सरकारले बेवास्ता गरिरहेको र त्यसतर्फ सवैजना एकजुट भएर लाग्नु पर्नेमा नागरिक उन्मुक्ती पार्टीका संगठन बिभाग प्रमुख लक्ष्मण चौधरीले जोड दिनु भयो । कार्यक्रममा बोल्दै चौधरीले पिछडिएको वर्ग तथा समुदायमा जतिसुकै ठुला घटना घट्दा पनि सरकार मौन रहेर बसेको र बेवास्ता गरी रहेको हुँदा अव चुप लागेर नवस्ने बताउनु भयो । थारु समुदायमा भएका अन्याय अत्याचार विरुद्ध जसले आवाज उठायो उसैलाई सरकारले जेल पठाएको र आफ्नो अधिकारबाट बन्चित बनाएको प्रति दुःख लागेको बताउनुभयो ।
थारु, आदिबासी, दलित, मुस्लिमहरुका लागि आवाज उठाउने रेशमलाल चौधरी जेलमा भएको प्रति चिन्ता ब्यक्त गर्दै संगठन बिभाग प्रमुख लक्ष्मण चौधरीले नगरिक उन्मुक्ती पार्टी एकजुट भएर यस्ता खालका घटनाहरुलाई अन्त्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो । केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, केन्द्रिय प्रवक्ता दामोदर पाण्डीत लगायतको उपस्थितीमा बिभिन्न राजनितिक दल परित्याग गरी ३०० बढीले नागरिक उन्मुक्ती पार्टी प्रवेश गरेको सगठन विभागका प्रमुख लक्ष्मण चौधरीले जानकारी दिनुभयो ।