onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेको आरोपमा असई पक्राउ

Sambad ADD long

नेपालगन्ज, बाँके : प्रहरी हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा एक असई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं प्रहरी हिरासतमा रहेकी एक महिलालाई बिहीबार राति बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेको आरोप लागेका चौलागाईंलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याएर सोधपुछ भइरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले बताउनु भयो ।

शुक्रबार बिहान दुई बजे असई चौलागाईंले ‘मुद्दाबारे सोधपुछ गर्नु छ’ भन्दै महिलालाई हिरासतबाट निकालेर आफ्नो माथिल्लो कोठामा लगेका थिए । बाँके प्रहरी प्रवक्ता डिएसी न्यौपानेका अनुसार हिरासतमा रहेकी ती महिला साउन ११ गते बहुविवाह गरेको कसुरमा पक्राउ परेकी थिइन् । ‘घटनाबारे सोधपुछ गर्न असईलाई जिल्ला प्रहरी ल्याएका छौं । सोधपुछ भइरहेको छ,’ उहाँले भन्नुभयो ।

घटनाबारे बुझ्न बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी कोहलपुर इलाका प्रहरी पुग्नु भएको छ । साभार: ठाकुरसिंह थारु/कान्तिपुर

Leave A Reply

Your email address will not be published.