भुरीगाउँ, बर्दिया : प्लान इन्टरनेशनल नेपालले ठाकुरबाबा नगरपालिकामा संचालन गरेका सम्पुर्ण कार्यक्रमहरु प्रभाबकारी बन्दै गएको बताईएको छ । आज ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको पालिकासंगको समिक्षा तथा योजना बैठकमा सहभागीहरुले प्लान इन्टरनेशनल नेपालले लागु गरेका सम्पुर्ण कार्यक्रमहरु प्रभावकारी बन्दै गएको बताएका हुन् ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा थारु महिला उत्थान केन्द्र गुलरिया, गेरुवा ग्रामिण जागरण संघ, बाँके युनेस्को क्लब, कोरिया इन्टरनेशनल कर्पोरेशन एजेन्सि (कोइका), भेरि वातावरणिय बिशिष्टता समुह (बिगु्रप), सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल)ले ठाकुरबाबा नगरपालिकाका बिभिन्न वडामा परियोजनाहरु मार्फत् काम गर्दै आएका छन ।
प्लान इन्टरनेशनल नेपालले ठाकुरबाबा नगरपालिकामा बालबिवाह, चाँडै हुने विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना, बालबालिकाको सपना परियोजना, प्रत्याभुत संचार परियोजना, किशोेरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुधार परियोजना, आयआर्जन सम्बन्धि परियोजना, बहिनी परियोजना लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
सबै बालबालिकाहरुले उचित तथा उत्तरदायी स्याहार पाउन र पुर्ण क्षमतामा हुर्कन बलियो वातावरण निर्माण गर्ने तथा युवा तथा वालवालिकाहरुले आफ्नो अधिकारको उपयोग गर्न पाउने एक समावेशि, न्यायपुर्ण र सुरक्षित समाजको निर्माण गर्ने उद्देश्यले बिभिन्न परियोजनाहरु लागु गरिएको बताइएको छ । यसैबिच अभिभावक, स्याहारकर्ता तथा समुदायले कुनै भेदभाव बिना बालबालिकाहरुको उचित स्याहार गर्नमा ज्ञान र सिपमा सुधार गर्ने, प्रारम्भिक बालविकासका लागि स्वास्थ्य सस्था तथा सम्बन्धित निकायबाट गुणस्तरिय सेवा प्रदान गर्ने तथा स्थानिय र प्रदेश सरकारलाई प्रारम्भिक वालविकासका लागि आवश्यक निति रणनिति र कार्यबिधि निर्माणमा सहयोग गर्ने परियोजनाका उद्येश्यहरु रहेका छन् ।
ठाकुरबाबा नगरपालिकामा बिभिन्न परियोजनाले अभिभावक शिक्षा कार्यक्रम, सामुहिक संवाद कार्यक्रम, प्रारम्भिक वालविकासमा बाबुको भुमिका प्रबर्धन संग सम्बन्धित क्रियाकलाप,स्वास्थ्य कर्मिहरुलाई अभिभावक शिक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम, महिला स्वास्थ्य स्वयम्सेविकाका लागि अनुक्रमिक तालिम, पोषण अवस्थाबारे बिश्लेषण, अभिभावक शिक्षा सम्बन्धि पुन: ताजकिय तालिम लगायतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको सामाजिक सचेतन सरोकार मञ्चका लक्ष्मि प्रसाद शर्माले जानकारी दिनुभयो ।
परियोजना लागु गरेर बिभिन्न कार्यहरु गर्दा स्वास्थ्य सस्थामा गर्भजाँच तथा बालबालिकाको स्वास्थ्य परिक्षण, तौल कार्यक्रममा पुरुष अभिभावकको सहभागिता बढेको, स्वास्थ्यकर खाना खुवाउने व्यवहार बढ्दै गएको, बालबालिकालाई गरिने हिंसात्मक व्यवहारमा कमि आएको, बिद्यालयमा महिनावारी भएका किसोरीहरु घर जानुपर्ने बाध्यता हटेको, अभिभावकमा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा सकरात्मक बुझाई भएको, प्लान इन्टरनेशनल नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुलिले जानकारी दिनुभयो ।
पालिका संगको समिक्षा तथा योजना बैठक कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले प्लान इन्टरनेश्नल नेपालद्वारा संचालित सम्पुर्ण कार्यक्रमहरु प्रभावकारी भएको बताउदै आगामि कार्यक्रमहरु क्षेत्र, भुगोल र मानब सुचकाङ्कका आधारमा अति कमजोर भएका बिद्यालय तथा क्षेत्रहरु छनोट गरेर कार्यक्रम संचालन गर्न सुझाब दिनुभएको छ ।