online-aama-surachhya-sandesh

बी.पी.को स्मृतिमा ठाकुरबाबामा बृक्षरोपण

Sambad ADD long

भुरिगाउँ, बर्दिया : नेपाली काँग्रेसका संस्थापक नेता विस्वेश्वर प्रसाद (बी.पी.) कोइरालाको ४० औँ स्मृति दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाको बिभिन्न ठाउँहरुमा बृक्षरोपण गरिएको छ । श्रीरामनगर उपभोक्ता समिति र सानामिल ब्यवसायिहरुको पहलमा वृक्षारोपण गरिएको श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जनार्दन योगीले जानकारी दिनुभयो ।

छतिवन, गुलमोर, पारिजात, कल्कि, मयुरपंखि लगायतका जातका विरुवाहरु रोपिएको उहाँले बताउनुभयो । ठाकुरबाबा नगरपालिकाका ९ वटै वडामा १००, १०० बिरुवाहरु वृक्षारोपण गरिएको हो । वि.पी. स्मृति दिवसको अवसर पारेर हरेक वर्ष यसरी नै वृक्षारोपाण गरेर विश्वेश्वर प्रसाद कोइरालालाई सम्झने गरिएको नेपाली काँग्रेस ठाकुरबाबा नगर सभापती पदम बहादुर खड्काले बताउनु भयो । बर्दियामा हाल सम्म रोपिएका विरुवाहरुको संरक्षण हुन नसकेको भन्ने गुनासोलाई मध्यनजर गर्दै यस वर्ष देखीे ब्यवस्थित तरिकाले रोपिएका विरुवाहरुलाई संरक्षण गर्ने उद्देश्य लिइएको जनाईएको छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम सम्वत् १९७१ साल भाद्र २४ गते भएको थियो भने विक्रम सम्वत् २०३९ साल श्रावण ६ गते निधन भएको थियो । २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेष्ठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । विक्रम सम्वत् २०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बन्नु भएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो । तर, जननिर्वाचित सरकारलाई तत्कालिन राजा महेन्द्र शाहले विक्रम सम्वत् २०१७ साल पौष १ गते अपदस्त गरी निरङ्कुश शासन सुरु गरेपछि कोइराला सहित नेतालाई सिंहदरबारमै बन्दी बनाइएको थियो ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक समेत रहेका कोइरालाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाइ, बाबु, आमा र छोरा गरी ६ वटा उपन्यास तथा श्वेत भैरवी र दोषी चश्मा गरी २ वटा कथा सङ्ग्रह प्रकाशित छन् । उहाँको आत्मवृत्तान्त र सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित जेल जर्नल पनि उत्तिकै रुचाइएका पुस्तक हुन् ।

Leave A Reply

Your email address will not be published.