online-aama-surachhya-sandesh

बढैयाताल गाउँपालिकामा बालिकालाई करणी गर्ने दुई जना पक्राउ

Sambad ADD long

भुरिगाउँ, बर्दिया : नाबालिकालाई करणी गरी फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय, बर्दियाले पक्राउ गरेको छ । बाँकेको बैजनाथ गाउँपालिका–२ घर भएकी १६ वर्षिय नाबालिकालाई करणी गरी फारार भएका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यो पनि पढ्नुहोस् : ७ वर्षिय बालिका करणीको आरोपमा युवक पक्राउ

बैैजनाथ गाउँपालिका–२ घर भएकी बालिकाले हिजो बिहिबार बढैयाताल गाउँपालिका–५ मा रहेको दिदिको घरमा आउने क्रममा बढैयाताल गाउँपालिका–५, फूलबारी स्थित सडकमा आफुलाई अन्दाजी २४/२५ वर्षको राजेश भन्ने ब्यक्ति समेत दुई जनाले करणी गरेको भनी जाहेरी दिए पछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् : नाबालिकालाई करणी गरी फरार रहेका एक जना पक्राउ

बालिकाले जाहेरीमा दिएको हुलियाको आधारमा फरार रहेका ब्यक्तिहरुको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय मैनापोखर र जिल्ला प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले बाँकेको बैजनाथ गाउँपालिका–५, गुरुदयालपुरका वर्ष ३० का राजेश मंगतालाई घरमा नै लुकिछिपी बसेको अवस्थामा र सोहि ठाउँका अन्दाजी वर्ष २० का रोहन खटिकलाई बर्दिया गुलरिया नगरपालिका–१२, डल्लापुरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक सुवेदीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको छ ।

Leave A Reply

Your email address will not be published.