नाबालिकालाई करणी गरी फरार रहेका एक जना पक्राउ

भुरिगाउँ, बर्दिया : नाबालिकालाई करणी गरी फारार रहेका एक ब्यक्ती पक्राउ परेका छन् । गुलरिया नगरपालिका–१२ बस्ने अन्दाजी ४० वर्षका श्रीराम चमारलाई ६ वर्षिया नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस् : ७ वर्षिय बालिका करणीको आरोपमा युवक पक्राउ

गत चैत्र १५ गते घरमा कोही नभघएको मौका छोपी करणी गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरेकोमा चमार फरार भएका थिए । फरार रहेका चमारलाई खोजतलास गर्दा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, बर्दियाले हिजो श्रावण २ गते सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिनु भयो ।

पक्राउ परेका चमार बिरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ ।

Loading...