onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

७ वर्षिय बालिका करणीको आरोपमा युवक पक्राउ

Sambad ADD long

भुरिगाउँ, बर्दिया : मधुवन नगरपालिका–६, श्रीनगरबाट बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ७ वर्षीया बालिका करणीको आरोपमा अन्दाजी २६ वर्षीय मान बहादुर रजालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

शनिबार दिउँसो घरमा कोही नभएको मौका छोपी घरको दक्षिणतर्फ आँगनमा बोल्न कराउन नदिई, मुख थुनेर वयस्क युवकले बालिकालाई जबरजस्ती करणी गर्न लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक विरेन्द्र बहादुर शाहीले बताउनु भयो ।

आफन्तले प्रत्यक्ष देखेपछि स्थानीय लगायत प्रहरीलाई खबर गरेका थिए, इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले युवकलाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक शाहीका अनुसार युवकलाई नियन्त्रणमा लिई जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको छ ।

Leave A Reply

Your email address will not be published.