onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

“उत्कृष्ट शिक्षक पदवी”बाट बर्दियाका २४ शिक्षक सम्मानित

Sambad ADD long

भुरिगाउँ, बर्दिया : लुम्बिनी प्रदेश सरकार अन्तरगतको शिक्षा तथा सामाजिक विकास निर्देशनालय, सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जले हरेक वर्ष प्रदान गर्दै आई रहेको उत्कृष्ट विद्यालय तथा शिक्षक, कर्मचारी सम्मानबाट आर्थिक वर्ष २०७८/७९ मा बर्दियाको एक विद्यालय र २४ जना शिक्षकहरु सम्मानित भएका छन् ।

यो पनि पढ्नुहोस् : “उत्कृष्ट शिक्षक पदवी”बाट बर्दियाका २४ शिक्षक सम्मानित हुँदै (नामवली सहित)

सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जले गुलरियामा रहेको बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय सहित आठ पालिकाका २४ जना शिक्षकहरुलाई सम्मान गरेको हो । हरेक पालिकाबाट ३–३ जना गरी २४ जनालाई सम्मान गरिएको सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख राम करन पालले जानकारी दिनुभयो ।

सम्मानित हुनेहरुमा ठाकुरबाबा नगरपालिकाबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ठाकुरद्वाराका शिक्षक बामदेब ढकाल, शारदा आधारभूत विद्यालय, शाहीपुरका शिक्षक नवराज ढुंगाना र जनचाहना आधारभूत विद्यालय, डुम्रेनीका शिक्षक लक्ष्मी पौडेल रहनु भएको छ ।

यस्तै बाँसगढी नगरपालिकाबाट रामजानकी माध्यमिक विद्यालय, भैसापुरका नारायण प्रसाद शर्मा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बाँसगढीका फणिन्द्र प्रसाद ढुंगाना र जनज्योती प्राथमिक विद्यालय, बेलौलीका हरिराम चौधरी, बारबर्दिया नगरपालिकाबाट धर्मभक्त माध्यमिक विद्यालय, कतर्नियाका केदारनाथ ढकाल, अंशुवर्मा माध्यमिक विद्यालय, जयनगरका पोमराज शर्मा र युवक माध्यमिक विद्यालय, दुध्दाका केशबराज बस्याल रहनु भएको छ ।

यो पनि पढ्नुहोस् : ठाकुरबाबाका ३ शिक्षक “उत्कृष्ट शिक्षक पदवी”बाट सम्मानित हुँदै

मधुवन नगरपालिकाबाट त्रिभुवन माध्यमिक विद्यालय, सुर्यपटुवाका प्रदिप रेग्मी, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, दशरथबस्तीका देवि बहादुर बस्नेत र बुद्ध आधारभूत विद्यालय, बुद्धनगरका पदमराज चौधरी, राजापुर नगरपालिकाबाट कालिका माध्यमिक विद्यालय, खनौराका बिरबल चौधरी, किसान माध्यमिक विद्यालय, राजापुरका प्रेम बहादुर विश्वकर्मा र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गोडियानाका शिव प्रसाद कोईराला, गुलरिया नगरपालिकाबाट महाकबी देबकोटा माध्यमिक विद्यालय, गुलरियाका च्यामुलाल चौधरी, बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, गुलरियाका प्रभात सुवेदी र हिमालय आधारभूत विद्यालय, लालपुरका भानुभक्त अधिकारी सम्मानित हुनुभएको छ ।

गेरुवा गाउँपालिकाबाट जानकी माध्यमिक विद्यालय, जनकनगरका डिल बहादुर जि।सी।, बालप्रिय आधारभूत विद्यालय, तिनघरुवाका भिम बहादुर धामी र एकप्रिय राठौर माध्यमिक विद्यालय, पाताभारका चिरञ्जिवी बैद्य, बढैयाताल गाउँपालिकाबाट जनप्रिय माध्यमिक विद्यालय, बढैयाताल २ का बसन्त खड्का, शारदा माध्यमिक विद्यालय, बढैयाताल ६ का कालि प्रसाद थारु र विद्याज्योती नमूना माध्यमिक विद्यालय, कण्ठपुरका शिक्षक भक्ति सागर रेग्मी सम्मानित हुनु भएको छ ।

स्थानियतहबाट सिफारिस भई गएको शिक्षक, कर्मचारीहरुबाट कार्य अनुभव, शैक्षिक उपलब्धी, शैक्षिक योग्यता, विशेष जिम्मेवारी, प्रवर्धनात्मक कार्यहरु, अध्ययन अनुसन्धान, सूचना तथा संचार प्रविधीको प्रयोग र कक्षाकोठा ब्यवस्थापन गरी ८ वटा आधारलाई मापडण्ड बनाई उत्कृष्ट शिक्षक तथा कर्मचारीको छनौट गरिएको जनाइएको छ । शिक्षक तथा विद्यालयलाई आषाढ ३१ गते महाकवी देबकोटा माध्यमिक विद्यालय, गुलरियामा सम्मान गरिएको हो ।

Leave A Reply

Your email address will not be published.