onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

होेटल अर्गनाइजेसन भुरिगाउँको नेतृत्वमा आतिस थापा

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरिगाँउमा होटल अर्गनाइजेसन बर्दियाको नगरस्तरिय संघ ठाकुरबाबाको पहिलो साधारणसभा तथा पहिलो अधिवेसन सम्पन्न भएको छ ।

होेटल अर्गनाइजेसन बर्दियाले आयोजना गरेको कार्यक्रममा बोल्दै होटल अर्गनाइजेसनकि अध्यक्ष संगीता थापाले कोभिडबाट प्रभावित भएको होटल व्यवसायलाई राज्यले कुनै सहयोग नगरेको गुनासो गर्दै मेहनत, ईमान्दारीता र कामलाई सम्मान नगर्दा सम्म विकास सम्भव नभएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष निमराज खनालले होटल अर्गनाइजेसनले नगरपालिका भित्रका सम्पूर्ण होटल व्यावसायीलाई एकताबद्ध गर्न पहल गर्न पर्ने र व्यवसायीले आवास र खानाको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताउनुभयो । वडा अध्यक्ष खनालले एकद्वार प्रणाली र मापदण्ड तय गर्न पहल भइरहेको समेत बताउनुभयो ।
होटल अर्गनाइजेसन बर्दिया नगरस्तरिय संघ ठाकुरबाबा भुरीगाँउको पहिलो साधारणसभा तथा पहिलो अधिवेसनले आतिस थापाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ ।

उपाध्यक्ष रमा कुमारी अधिकारी, सचिवमा नरेस चौधरी, उपसचिवमा जयन्द्र थापा, कोषाध्यक्षमा रुपा डुम्रे र सदस्यहरुमा सुन्दर लाल थारु, किरण मरासैनी, बलबहादुर चन्द, भिमराज कँडेल, काँसीराम गिरी, बम बहादुर थापा रहनु भएको संस्थाका निर्वतमान अध्यक्ष गणेश कठायतले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.