onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

जन्मिँदै सबैलाई दुःख दिएकी म

Sambad ADD long

सबै जनासंग घुलमिल हुन रमाउने अनि विशेष गरि साना–साना नानिबाबुहरुसंग खेल्न रुचाउने बानि भएको मान्छे म, बच्चाबच्चिहरुलाई खुसि बनाउन कहिले काहिँ आफुले सुने जानेका कथाहरु सुनाउने गर्थेँ तर मलाई अरुका काल्पनिक कथाहरु सुनाउन तथा लेख्न भन्दा पनि नितान्त मेरो व्यक्तिगत कथा सुनाउन र लेख्न मन लाग्छ ।

मेरा तमाम आफन्तीजन र भाईबहिनीहरु छन्, तर हरेक बाबा–आमा, हजुरबुबा हजुरआमा, अंकलआंटि हुनुहोला या त अन्य कोहि आफन्तहरु आफ्नो घरपरिवारमा कोहि सन्तान जन्मिदा सबैजना खुसि हुनुहुन्छ तर म जन्मिदा भने खुसि दिनुका साटो मैले सबैको आँखामा आँसु दिएँ । जन्मिने बित्तिकै आँसु दिएको मान्छेले लाग्छ अहिले सम्म मैले कहिले पनि खुसि दिन सकेको छैन, यहि कुरामा मेरो मन सधैँ बिथोली रहन्छ ।

जन्मिँदै सबैको आँखामा मैले आँसु कसरी दिएँ त ? यो कथाको शुरुवात मेरो जन्मसंगै हुन्छ । मेरो ठुलोबाबाको २ जना सन्तानहरु हुनुहन्थ्यो, सायद एउटा छोरा र एउटा छोरी भएको भए म जन्मिँदा कसैको आँखामा आँसु हुदैनथ्यो होला तर दुबै जना सन्तान नै छोरा हुनुहुन्थ्यो । दुई जना छोराको जन्मपछि मैले मेरो घरपरिवारमा छोरीको रुपमा जन्म लिएको थिएँ । मेरो हजुरबुबा, हजुरआमाको लागि म जन्मिनु सबैभन्दा खुसिको खबर थियो किनकि उहाँहरुलाई घरमा छोरी नहुँदा होला छोराको भन्दा छोरीको माँया बढि लाग्थ्यो रे तर मैले जन्मेपछि उहाँहरुलाई खुसि दिनुका साटो दुःख र आँशु पो दिएको रहेछु ।

असार महिना अर्थात् वर्षामासको समय थियो, साँझ ४ बजेतिर मेरो जन्म भएछ तर जन्मिँदा एकदम सानो, महिना नपुगेर जन्मेको जस्तो अनि परिवारमा पनि म बाँच्छु कि बाँच्दिन भनेर अन्यौल नै भएको रहेछ । आफन्तिहरु अनि गाउँलेहरु आएर पनि मलाई हेर्दै अब छोरी बाँच्दिन भन्दा परिवारमा को नै पो खुसि भयो होला र ?

जब मेरो जन्म भयो जति मलाई जन्माउन मेरो आमाले दुःख कष्ट सहनुभएको थियो त्यो भन्दा बढि पिडा म बाँच्दिन कि भन्ने तिर गएछ । जन्मेदेखि नै रोइरहने, दुध नखाने अनि एकदम सानो भएपछि बिरामी पो भएको छु कि भनेर मेरो बाबा–आमाले मलाई अस्पताल लिएर जानुभएको रहेछ । घरपरिवारले मेरो अवस्था बुझ्नलाई बाबालाई फोन गर्दा फुच्चि त भैसकि भन्नु भयो या गैसकि भन्नुभयो थाहा भएन परिवारले गैसकि भनेर एकदम धेरै दुःखी हुँदै जुठो बार्न थाल्नुभएछ । मेरो घरपरिवारमा लक्ष्मीको रुपमा जन्म लिने पहिलो सन्तान नै म थिएँ । तर अब यो संसारमा छैन भन्दा मेरो परिवारको मन कति धेरै दुःखेको थियो होला । तर मेरो बाबा–आमाले मलाई अलि सञ्चो भएपछि अस्पतालमा ल्याएको ४ दिन पछि घरमा लिनुभएको थियो रे ।

एक त जन्मिँदै सानो मान्छे, बचाउन सकिन्छ भनेर कसैले आस नगरेको तर पनि ४ दिन पछि ज्युँदै घरमा पुग्दा मरिसके भनेर जति दुःखी हुनुभएको थियो त्यो भन्दा बढि सबैको आँखामा आँसु आएछ, सायद हर्षको आँसु थियो कि ज्युँदै मान्छेको किरिया गरेऊँ भनेर दुःखी हुनुभयो थाहा नै भएन । म जन्मिँदा आमा पनि बिरामी भएर होला दुध नआउने रहेछ भोक लाएर म दिनरात रोएको देख्दा लाग्दो हो यसको जन्म किन भयो ? तर म जति रोएपनि हजुरबुबा, हजुरआमाको लागि सबैभन्दा प्यारो थिएँ । आमाको दुध आएनन् होला भनेर हजुरआमाले ४ दिनको बच्चा आफैसंग लिएर गाईको दुध खुवाउनु भएछ त्यसपछि भने मैले रोएको सुन्न पनि मुस्किल पथ्र्यो रे ।

जन्मेको चार दिनबाट नै हजुरआमाले २ वर्षसम्म लगातार गाईको दुध खुवाएर हुर्काउनुभयो । हजुरबुबा, हजुरआमाको नजरमा म जति प्यारो थिएँ मेरो नजरमा पनि उहाँहरु जत्तिको प्यारो अहिलेसम्म कोहि हुनुभएको छैन र हुनुहुन्न पनि । मैले सानै छँदा बेला देखि नै हजुरबुबा, हजुरआमालाई धेरै दुःख दिएँ तर मेरो खुसिको लागि उहाँहरुले कहिले दुःख मान्नुभएन ।

म हरेक काममा उहाँहरुलाई दुःख दिने गर्थेँ । ३ वर्ष पुग्नै लाग्दा देखि नै म विद्यालय जान थालेको थिएँ तर एक्लै होइन, बाबा–आमासंग होइन घर देखी विद्यालय जान होस् या घर आउन हजुरबुबा, हजुरआमा मध्य एकजना जानुपथ्र्यो रे । मेरो हजुरबुबा पण्डित हुनुहुन्थ्या,े उहाँलाई गाउँघरमा हुने विवाह, ब्रतवन्ध, श्राद्ध जस्ता कार्यहरुमा जानको लागि त्यति धेरै फुर्सद नै हुदैनथ्यो, हजुरआमा पनि घरको काममा अलि ब्यस्त हुनुहन्थ्यो रे त्यसैले मलाई साथी पनि हुन्छ पढ्न पनि सजिलो हुन्छ भनेर फुपुको घरमा पठाउनुभएछ ।

हजुरबुबा, हजुरआमाले जस्तै फुपुले पनि मलाई विद्यालय जाँदा आउँदा संगै जानुहुन्थ्यो धेरै माँया गर्नुहुथ्यो तर मलाई हजुरबुबा, हजुरआमा जति माया फुपुको लागेन । विद्यालय बिदा भएको दिन फुपुले मलाई जहिलेपनि मेरो घरमा लिएर जानुहुन्थ्यो जब विद्यालय जाने दिन आउँथ्यो फेरि आफ्नो घर लिन खोज्नुहुन्थ्यो तर म हजुरबुबा, हजुरआमालाई छोडेर जान मान्दिनथेँ त्यतिबेला दुःख पाउँदै मलाई विद्यालयसम्म पुर्याउनु हुन्थ्यो तर मैले उहाँको लागि अहिलेसम्म मैले केहि पनि गर्न सकेन ।

मेरो भविष्य सुधार्न र पढाउनका लागि फुपुले यति धेरै दुःख नगरेको भए म अहिलेसम्म नपढेर घरमै बस्थँे होला । घरपरिवारमा पहिले छोरीको रुपमा जन्म लिएर होला घरको सबै परिवारले मलाई प्यारो नै मान्नुहुन्थ्यो । हजुरबुबा, हजुरआमा जहाँ जाँदा पनि उहाँहरु संगै जान रुचाउने म कक्षा ८ मा पढ्ने बेला देखि अलि टाढा भएर बस्न बाध्य भएँ किनभने उहाँहरु तराईमा बस्न गर्मि हुन्छ भनेर पहाडमा गएर बस्नुभयो म मेरो पढाईको कारण बाबा–आमासंग तराईमा नै बस्न थालेँ ।

कहिल्यै पनि उहाँहरु देखि टाढा नभएर बसेको म टाढाहुँदा फोनमा सम्झिन सकेन । उहाँहरुको बोलि सुन्दा मायाले गर्दा भेट्न मन लाएर रुन मात्र आउँथ्यो । चाडपर्वमा भेट भएपनि उहाँहरुसंग टाढा बस्दा दिनहरु उहाँहरुको यादमा मात्र कटाउन थालेँ । मेरो जन्म भएदेखि नै त्यति धेरै साथ सहयोग गरेर ठुलो बनाउनुभयो, सधैँ खुसि मात्र दिनुभयो तर मैले उहाँहरुलाई नचाहेर पनि बाध्यताले आँशु मात्र दिएँ ।

जब कक्षा ९ मा पढ्दै गर्दा दशँैमा म पहाड गएँ, हजुरबुबा, हजुरआमाहरुसंग आशिर्वाद माग्न, आशिर्वाद दिँदा पनि दुबै जनाले तँ हामिले जन्म नदिएपनि हुर्काएको बढाएको अनि पढाएको छोरी होस् तेरो कन्यादान गरेर मात्र हामि स्वर्ग जान पाउँ भन्नुहुन्थ्यो । मैले उहाँहरुको आशिर्वाद सुनेर हुन्छ केहि वर्ष कुर्नु है भन्थे तर दुःख लाग्छ न त हजुरबुबाको सपना पुरा गर्न सकेँ न त हजुरआमाको नै ।

अझ भन्ने हो भने उहाँहरुले मलाई त्यति धेरै सहयोग गर्दा समेत मैले उहाँलाई केहि गर्न सकेन किनकि म कक्षा १० मा पढ्दै थिएँ । मेरो हजुरबुबा एक्कासि बिरामि हुनुभयो । मेरो एस.एल.सि. को परिक्षा नजिकै आईरहेको थियो त्यसैले मैले हजुरबुबा बिरामी हुँदा भेट्न समेत जान सकेन सायद म भेट्न गएको भए उहाँ धेरै खुसि हुनुहुन्थ्यो होला ।

जति औषधि गरेपनि दिनप्रतिदिन उहाँलाई बिरामले च्याप्दै गयो । मेरो एस.एल.सि. को परिक्षा आउँन ३ दिन मात्र बाँकि थियो उहाँको अन्तिम अवस्था आउँदा मेरो नातिनीको अनुहार हेर्न रहर छ ल्याउनु भन्नुभएछ तर जान पाएनँ । उहाँ सिकिस्तै बिरामी हुँदा छिटो परिक्षा सकिएको भए भेट्न जान्थेँ जस्तै भएको थिए । उहाँले छोडेर जान थाल्नुभएको रहेछ मेरो नातिनीलाई कहिले नरुवाउनु है भन्नुभएको थियो रे तर के गर्नु भोलि देखि मेरो एस.एल.सि.को परिक्षा शुरु हँुदै थियो भने आज राति नै उहाँले हामि सबैलाई छोडेर जानुभयो ।

न त उहाँले अन्तिम अवस्थामा मेरो अनुहार देख्न पाउनुभयो न त मैले नै उहाँको । आफुले माँया गरेको मान्छेले मुख हेर्न समेत नआउँदा उहाँ कति दुःखी हुनुभयो होला । हजुरबुबाको इच्छा पुरा गर्न नसकेकोमा धेरै मन दुःखेको थियो तर हजुरआमा हुनुहुन्छ नि उहाँको इच्छा पुरा गर्छु भनेर आफ्नो मन बुझाएको थिएँ ।

कक्षा ११ मा १५ वर्षको थिएँ एक जना मान्छे मेरो हात माग्न आउनुभएको थियो । हजुरआमाको इच्छा त विवाह गरिदिने थियो तर बाबाले सानै छ उमेर पुगेको छैन, पढ्दैछ अहिले नै विवाह गराउँदैनौँ भनेपछि उहाँहरु फर्किनुभयो । तर यति बेला पनि मैले हजुरआमाको ठुलो इच्छा पुरा गर्न सकेन ।

चिसो महिनामा हजुरआमा तराईमा बस्न आएपनि गर्मि महिनामा जहिले पहाड जानुहुन्थ्यो । उहाँ पहाडमा भएपनि म उहाँलाई भेट्न हरेक वर्ष जाने गर्थेँ । जहिले भेट्न जाँदा पनि अब त ठुलि भईस बिहे गर्नुपर्याे भनेर भन्नुहुन्थ्यो मैले केहि वर्ष त कुर्नुहोस् न हजुरको इच्छा पुरा गर्छु भनेको थिएँ । तर उहाँको इच्छा पनि कहिले पुरा गर्न सकेन किनकि म अरु सामाजिक संघसस्थामा पनि आबद्ध भएकाले बालबिवाह न्यूनिकरण गर्नुपर्छ भन्ने अभियानमा लागेको थिएँ त्यसैले सानै उमेरमा विवाह गर्न म चाहेर पनि सक्दैनथेँ । म २० वर्ष नपुग्दा नै मेरो हजुरआमाले पनि हामि सबैलाई छोडेर जानुभयो । हजुरबुबा, हजुरआमाको इच्छा पुरा गर्न नसकेकोमा धेरै दुःख लागिरहन्छ । आजभोलि घरमा बिहेको कुरा चल्दा समेत हजुरबुुबा, हजुरआमाको इच्छा पुरा गर्न सकेन अब कस्को इच्छा पुरा गर्नलाई बिहे गर्नु छ र जस्तो लाग्छ ।
मानविय चोला त भैहाल्यो एकदिन त यो संसार छोडेर सबैजना जानुपर्छ । तर पनि आफुलाई हुर्काउने, पढाउने, बढाउने आफुलाई सबैभन्दा बढि माँया गर्ने र आफुले पनि सबैभन्दा बढि माँया गरेको मान्छेले छोडेर जाँदा मनलाई सम्हाल्न साह्रै गाह्रो हुनेरहेछ र मनमा जति चोट पिडा भएपनि हाँसी खुसि भएर हिँड्नै पर्ने रहेछ ।

मेरो प्यारो हजुरबुबा, हजुरआमा, हजुरहरुले मलाई हुर्काउन, बढाउन, पढाउन, सभ्य सालिन र शिक्षित बनाउन जे जति दुःख गर्नुभयो र हरेक संस्कारहरु सिकाउनुभयो त्यो गुण त म कसरि तिर्न सक्छु र ? यो जुनिमा त हजुरहरुको इच्छा चाहना पुरा गर्न सकेन । यदि अर्को जुनि हुन्छ र छ भने हजुरहरुकै नातिनी भएर बस्न पाउँ अनी त्यहि जुनिमा हजुरहरुको इच्छा चाहना पुरा गर्न पाऊँ । हार्दिक श्रद्धासुमन हजुरबुबा, हजुरआमा ।

Leave A Reply

Your email address will not be published.