onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियामा २५ हेक्टर क्षेत्रमा वृक्षारोपण कार्यको शुभारम्भ

Sambad ADD long

बर्दिया : गुलरिया नगरपालिका–२, संगमबस्ती स्थित बेलाफाँटामा रहेको करिब २५ हेक्टर क्षेत्रमा वृक्षारोपण कार्यको शुभारम्भ गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको क्षेत्र अधिकार भित्र रहेको गुलरिया नगरपालिका–२, संगमबस्ती स्थित बेलाफाँटामा खालि रहेको झन्डै २५ हेक्टर क्षेत्रमा गर्न लागिएको वृक्षारोपण कार्यको लुम्बिनी प्रदेश वन, वातावरण तथा भु–संरक्षण मन्त्री सुरेन्द्र हमालले शुभारम्भ गर्नुभएको हो ।

बस्ती छेउमा रहेको खालि स्थान करिब २५ हेक्टरलाई तारबार गरि वृक्षारोपण गर्न लागिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत प्रविन बिडारीले बताउनुभयो । डिभिजन वन कार्यालय बर्दियाले विगतका वर्षमा पनि यस्ता किसिमका वृक्षारोपण गरिएको र यस आर्थिक वर्षमा पनि यस वृक्षारोपण सहित झन्डै ४० हेक्टरमा वृक्षारोपण गरिएको समेत सहायक वन अधिकृत दोर्णराज शर्माले बताउनुभयो ।

लुम्बिनी प्रदेशकै ठुलो क्षेत्रफलमा वृक्षारोपण गरिएको मध्यको यो स्थान एक रहेको र यस्ता किसीमका स्थानहरु पहिचान गरि स्थानियहरुसंगको समन्वयमा वृक्षारोपण गर्नका लागि लुम्बिनी प्रदेश वन, वातावरण तथा भु–संरक्षण मन्त्रालयका मन्त्री सुरेन्द्र हमालले आग्रह गर्नुभयो । डिभीजन वन कार्यालय बर्दियाले पछिल्लो समय जिल्ला भित्रका खालि स्थानहरुको पहिचान गरि वृक्षारोपण कार्यलाई तिव्रता दिएको छ ।

वृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेशका सासंद भुवनेश्वर थारू, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.