online-aama-surachhya-sandesh

वर्षे बिदा कि प्रयोगात्मक परीक्षा ?

Sambad ADD long

हरेक वर्ष अनेकन प्रकृतिका बिदा देख्दै भोग्दै आइरहेका छौँ । यस्ता बिदाहरुलाई पनि उपयोगी र उपलब्धिमूलक बनाउन सकिन्छ यदि ब्यक्ति सृजनात्मक र कर्मशील भएमा । यस्तै ब्यक्ति मध्ये एक अधिकृत हुनुहुन्छ जो आफ्नो शाखामा हुँदा होस् वा अन्यत्र कतै व्यस्त हुँदा सधैं आफ्नो जिम्मेवारी मै घोतल्लिरहने ऊर्जाशील व्यक्तित्व बारबर्दिया नगरपालिका शिक्षा शाखाका प्रमुख टिकानाथ गोसाइँ सर ।

हालै विभिन्न पालिकाहरुले वर्षे विदाको सूचना जारी गरेकाछन् । ति विदाका सूचना सम्प्रेषणमा आआफ्नै भाषाशैली छन् । यसमा पनि बारबर्दिया शिक्षा शाखाबाट प्रेशित पत्र भिन्न छ, यसैले पनि उहाँमा भएको नौलो प्रयोग र प्रस्तुतिकरणलाई व्यक्त गर्दछ । यस स्तम्भकारले कुनै व्यक्तिको कोपभाजन गाउनका लागि समय खर्चीरहेको भन्ने कलुसित मनले नसोचियोस् । यदि कसैले यसरी नै अर्थ्याउछ भने त्यो व्यक्ति यात मानसिक रोगी हो वा बौद्धिक अपांग हो भनेर कसोरी नभनु व्यक्ति असल खराव उसका चरित्र र व्यवहारले प्रष्टिन्छ ।

हरेक व्यक्ति पेशामा अब्बल ठहरिनका लागि उसले कसैलाई चाकडी गर्नु पर्दैन यदी ऊ आफ्नो पेशागत धर्ममा कट्टर छ भने अनि आफ्नो काममा नयाँ नयाँ सोच र प्रयोग भित्र्याउने गर्दछ जसको एउटा मात्र उदाहरण जसले आफ्नो काममा नवीनता र प्रयोगधर्मीतालाई प्राथमिकता दिन्छ भन्ने बलियो प्रमाण पस्केको छ । नेतृत्वबाट सधैं उही उस्तै र परम्परागत ढाँचामा आफ्ना कार्यशैलीलाई अगाडि बढाएको खण्डमा पछाडिको पुस्ताले के सिक्ने ? त्यसैले नेतृत्व पङ्ति आफू स्वयम् सृजनशील भएमा अन्य सहयोगी पक्षहरु स्वाभाविक रुपमा आफुलाई समयसापेक्ष ढाल्न बाध्य हुन्छ । अल्छी र कामचोरका सय बाहना हुनसक्छ तर जो आफ्नो पेशा प्रति समर्पित छ उसले यस्ता नेतृत्वबाट भरपुर फाइदा लिने गर्दछ ।

आफ्नो पेशागत जीवनको उत्तरार्धमा पुगेका मान्यवरलाई त होइन जो शिक्षण पेशाको पूर्वाधमा प्रथम पाइला चालिरहेका म केही गर्छु र मैले केहीँ गर्नु पर्छ भन्ने सोचका साथ शिक्षण पेशा अंगालेकाका लागि यथेष्ट प्रेरणाको स्रोत अनि ज्ञानपुञ्जको रुपमा लिदानी हुन्छ । काम गर्ने शिलशिलामा गल्ती ,कमिकमजोरी, त्रुटि हुन सक्छन् त्यस्ता कमिकमजोरीलाई सच्चाउँदै जानुपर्छ ।

आग्रह पूर्वाग्रह जस्ता भावनात्मक रोगलाई परै छाडेर बारबर्दियाको शिक्षाक्षेत्रमा केही परिवर्तन ल्याउने हो भने आउनुहोस् सबै हातेमालो गर्दै यस पालिकाको सुन्दर भविष्यक‍ो भाग्यरेखा कोर्न काँधमा काँध र हातमा हात मिलाएर अघि बढौँ हाम्रो भविष्य हाम्रै हातमा छ, मौका आउँछ पर्खिदैन्, बगेको खोला फर्किदैन । राम्रोलाई राम्रो भन्न सके मात्रै पनि देशका थुप्रै समस्या समाधान हुदै जानेछन् । आगे मान्यवरहरुको विचार ।

प्रकाशित लेखमा समावेश भएका विचारहरु लेखकका ब्यक्तिगत विचारहरु हुन् । – सम्पादक

 

Leave A Reply

Your email address will not be published.