onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सिकलसेल रोगको न्यूनिकरणका लागि समुदायमा स्क्रिनिङ हुन आवश्यक

Sambad ADD long

भुरिगाउँ, बर्दिया : स्वास्थ्य कार्यालय बर्दियाका जनस्वाथ्य अधिकृत कृष्णगोपाल चौधरीले पश्चिम नेपालका थारु जातिहरुमा स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया सबै समुदायमा देखिएको तर थारु समुदायमा बढी देखिएको बिटा थालेसिमियाबाट धेरै व्यक्तिहरु आक्रान्त भएको बताउनुभएको छ ।

सदरमुकाम गुलरियामा स्वास्थ्य कार्यालय बर्दियाले आयोजना गरेको सञ्चारकर्मिहरुलाई सिकलसेल तथा थालसेमिया रोगसम्बन्धि अभिमुखिकरण कार्यक्रममा सिकलसेल रोग थारु समुदायमा मात्र नभएर सबै समुदायमा देखिएको जनस्वाथ्य अधिकृत चौधरीले बताउनुभएको हो । वंशाणुगत रुपमा लाग्ने सिकलसेल रोग विवाह पूर्व केहि सावधानी अपनाउन सकेमा पूर्णरुपमा निर्मूल गर्न सकिने चौधरीले बताउनु भयो । यस्तै सिकलसेल एनेमीयाको उपचार स्थानीय तहका अस्पतालहरुमा पनि हुनुपर्ने माग गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले सिकलसेल रोगका बिरामीलाई आवश्यक औषधि बीमाको सूचिमा नसमेटिएका कारण थप सास्ती खेप्नु परेको बताउनुभयो । थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको र अन्य समुदायमा समेत देखिएको सिकलसेल रोगको उपचारलाई प्रभावकारी गराउन सरकारले नीतिगत सुधार गर्न जरुरी रहेको बताइएको छ । सिकलसेल तथा थालेसेमिया रोगको न्यूनिकरणका लागि हरेक समुदायमा स्क्रिनिङ जरुरी रहेको गिरीको भनाई छ ।

बाँके र बर्दियामा मात्रै करिब तिन हजार बढि सिकलसेलका बिरामी छन् भने नेपाल भरी नै ४ हजार जनामा सिकलसेल र १ हजार जनामा थालसेमिया रोग पुष्टि भएको अनुमान गरिएको छ । स्थानीयवासीको रगत परीक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहको बताइएको छ । बर्दियाका ८ वटा स्थानीय तहमा रगत परिक्षण गरी तथ्यांक संकलन गर्दा सबैभन्दा धेरै बारबर्दियाका स्थानीयमा सिकलसेल रोग पुष्टि भएको छ ।

सिकलसेल एनिमिया आमाबाबु दुबैमा भएमा सन्तानमा पनि संक्रमण हुने सम्भावना धेरै हुने र आमा वा बाबु कुनै एकमा मात्र यो रोग देखा परेमा सन्तानमा सिकलसेल एनिमिया देखिने सम्भावना न्यून हुने भएकाले विवाह गर्दा सिकलसेल भएको ब्यक्तिले सिकलसेल एनिमिया भएको अर्काे ब्यक्तिसंग विवाह नगर्दा सिकलसेल एनिमिया न्यूनिकरण गर्न सकीने बताइएको छ । यसको न्यूनिकरणका लागि जनप्रतिनिधि, महिला, थारु अगुवा ,बडघर र समुदाय स्तरबाट पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

पश्चिम तराईमा थारु समुदायको बसोबास बढी रहेकाले सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि स्क्रिनिङ निदान उपचार तथा सहयोग कार्यक्रम आयोजना गरिरहेको हो ।

Leave A Reply

Your email address will not be published.