
भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरिगाउँको डुम्रेनी गाउँ नजिक बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको तलबेलुवा खोलामा रुख र बालुवाका कारण बजार क्षेत्रमा बाढि पस्दा जलमग्न भएको छ । वडा नम्बर १ को भुरिगाउँ बजार राजमार्ग देखि उत्तर पूर्व तर्फ, सिमरहवा फाँटा, सिंहबाहिनी, मध्यवर्ती साकोस देखि पश्चिम तर्फ डुम्रेनी लगायतका ठाउँमा केही घरमा सामान्य बाढि पसेको छ ।
यो पनि पढ्नुहोस् : वर्षायाममा पनि खडेरी भएपछि पानी माग्दै भ्यागुताको बिहे
बाढि आएको खबर पाए लगत्तै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल र वडा नम्बर १ का वडाध्यक्ष निमराज खनाल सहितको टोलीले अनुगमन गरेको छ । तलबेलुवा खोलाको बाढि पसेकाले र बजार क्षेत्रमा व्यवस्थित ढल निकास नभएकाले बजार क्षेत्रमा वडा कार्यालयले सर्वदलीय राखेर निकासका लागि निर्णय गर्न, निकुञ्जसंग समन्वय गरेर तलबेलुवा खोला सफाई गर्ने, तटबन्ध गर्ने विषयमा छलफल गर्ने नगरप्रमुख तिलकराम लम्सालले बताउनुभयो ।
यसैगरि वडा नमवर ४ को खैलार गाउँ आसपासका केहि घरमा बाढि पसेको छ । वडा नम्बर २ का वडाध्यक्ष कमल चपाई, वडा सचिव केशव खनालको टोलीले पनि वडा नम्बर २ मा बाढिग्रस्त क्षेत्रको अनुगमन गर्नु भएको छ । केही घरमा सामान्य बाढि बसेको र कटान भएको वडाध्यक्ष चपाइले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल, वडा नम्बर १ का वडाध्यक्ष निमराज खनाल, नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबाका सभापति यज्ञ नेपाल सहितको टोलीले ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का डुबान तथा बाढिग्रस्त क्षेत्रको अनुगमन गर्नुभएको हो ।
रातभरको वर्षाले पारेको प्रभाव तस्वीरमा हेनुहोस् :