onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबाका ३ शिक्षक “उत्कृष्ट शिक्षक पदवी”बाट सम्मानित हुँदै

Sambad ADD long

भुरिगाउँ, बर्दिया : लुम्बिनी प्रदेश सरकार अन्तरगतको शिक्षा तथा सामाजिक विकास निर्देशनालय, सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जले हरेक वर्ष प्रदान गर्दै आई रहेको उत्कृष्ट विद्यालय तथा शिक्षक, कर्मचारी सम्मानबाट आर्थिक वर्ष २०७८र७९ मा बर्दियाको एक विद्यालय र २४ जना शिक्षकहरु सम्मानित हुने भएका छन् ।

सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जले आषाढ २२ गते प्रकाशन गरेको सूचना अनुसार गुलरियामा रहेको बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय सहित आठ पालिकाका २४ जना शिक्षकहरुलाई सम्मान गर्न लागिएको हो । हरेक पालिकाबाट ३–३ जना गरी २४ जनालाई सम्मान गरिने सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख राम करन पालले जानकारी दिनुभयो ।

सम्बन्धित प्रकाशन : “उत्कृष्ट शिक्षक पदवी”बाट बर्दियाका २४ शिक्षक सम्मानित हुँदै (नामवली सहित)

सम्मानित हुनेहरुमा ठाकुरबाबा नगरपालिकाबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ठाकुरद्वाराका शिक्षक बामदेब ढकाल, शारदा आधारभूत विद्यालय, शाहीपुरका शिक्षक नवराज ढुंगाना र जनचाहना आधारभूत विद्यालय, डुम्रेनीका शिक्षक लक्ष्मी पौडेल रहनु भएको छ । स्थानियतहबाट सिफारिस भई गएको शिक्षक, कर्मचारीहरुबाट कार्य अनुभव, शैक्षिक उपलब्धी, शैक्षिक योग्यता, विशेष जिम्मेवारी, प्रवर्धनात्मक कार्यहरु, अध्ययन अनुसन्धान, सूचना तथा संचार प्रविधीको प्रयोग र कक्षाकोठा ब्यवस्थापन गरी ८ वटा आधारलाई मापडण्ड बनाई उत्कृष्ट शिक्षक तथा कर्मचारीको छनौट गरिएको जनाइएको छ ।

सूचनामा नाम प्रकाशन हुनुभएका बर्दियाका शिक्षक तथा विद्यालयलाई आषाढ ३१ गते महाकवी देबकोटा माध्यमिक विद्यालय, गुलरियामा सम्मान गरिने कार्यक्रम तय गरिएको छ ।

Leave A Reply

Your email address will not be published.