“उत्कृष्ट शिक्षक पदवी”बाट बर्दियाका २४ शिक्षक सम्मानित हुँदै (नामवली सहित)

भुरिगाउँ, बर्दिया : लुम्बिनी प्रदेश सरकार अन्तरगतको शिक्षा तथा सामाजिक विकास निर्देशनालय, सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जले हरेक वर्ष प्रदान गर्दै आई रहेको उत्कृष्ट विद्यालय तथा शिक्षक, कर्मचारी सम्मानबाट आर्थिक वर्ष २०७८/७९ मा बर्दियाको एक विद्यालय र २४ जना शिक्षकहरु सम्मानित हुने भएका छन् ।

सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जले आषाढ २२ गते प्रकाशन गरेको सूचना अनुसार गुलरियामा रहेको बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय सहित आठ पालिकाका २४ जना शिक्षकहरुलाई सम्मान गर्न लागिएको हो । हरेक पालिकाबाट ३–३ जना गरी २४ जनालाई सम्मान गरिने सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख राम करन पालले जानकारी दिनुभयो ।

सम्मानित हुनेहरुमा ठाकुरबाबा नगरपालिकाबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ठाकुरद्वाराका शिक्षक बामदेब ढकाल, शारदा आधारभूत विद्यालय, शाहीपुरका शिक्षक नवराज ढुंगाना र जनचाहना आधारभूत विद्यालय, डुम्रेनीका शिक्षक लक्ष्मी पौडेल रहनु भएको छ ।

यस्तै बाँसगढी नगरपालिकाबाट रामजानकी माध्यमिक विद्यालय, भैसापुरका नारायण प्रसाद शर्मा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बाँसगढीका फणिन्द्र प्रसाद ढुंगाना र जनज्योती प्राथमिक विद्यालय, बेलौलीका हरिराम चौधरी, बारबर्दिया नगरपालिकाबाट धर्मभक्त माध्यमिक विद्यालय, कतर्नियाका केदारनाथ ढकाल, अंशुवर्मा माध्यमिक विद्यालय, जयनगरका पोमराज शर्मा र युवक माध्यमिक विद्यालय, दुध्दाका केशबराज बस्याल रहनु भएको छ ।

मधुवन नगरपालिकाबाट त्रिभुवन माध्यमिक विद्यालय, सुर्यपटुवाका प्रदिप रेग्मी, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, दशरथबस्तीका देवि बहादुर बस्नेत र बुद्ध आधारभूत विद्यालय, बुद्धनगरका पदमराज चौधरी, राजापुर नगरपालिकाबाट कालिका माध्यमिक विद्यालय, खनौराका बिरबल चौधरी, किसान माध्यमिक विद्यालय, राजापुरका प्रेम बहादुर विश्वकर्मा र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गोडियानाका शिव प्रसाद कोईराला, गुलरिया नगरपालिकाबाट महाकबी देबकोटा माध्यमिक विद्यालय, गुलरियाका च्यामुलाल चौधरी, बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, गुलरियाका प्रभात सुवेदी र हिमालय आधारभूत विद्यालय, लालपुरका भानुभक्त अधिकारी छनौट हुनभएको छ ।

गेरुवा गाउँपालिकाबाट जानकी माध्यमिक विद्यालय, जनकनगरका डिल बहादुर जि.सी., बालप्रिय आधारभूत विद्यालय, तिनघरुवाका भिम बहादुर धामी र एकप्रिय राठौर माध्यमिक विद्यालय, पाताभारका चिरञ्जिवी बैद्य, बढैयाताल गाउँपालिकाबाट जनप्रिय माध्यमिक विद्यालय, बढैयाताल २ का बसन्त खड्का, शारदा माध्यमिक विद्यालय, बढैयाताल ६ का कालि प्रसाद थारु र विद्याज्योती नमूना माध्यमिक विद्यालय, कण्ठपुरका शिक्षक भक्ति सागर रेग्मी सम्मानित हुनुहुनेछ ।

स्थानियतहबाट सिफारिस भई गएको शिक्षक, कर्मचारीहरुबाट कार्य अनुभव, शैक्षिक उपलब्धी, शैक्षिक योग्यता, विशेष जिम्मेवारी, प्रवर्धनात्मक कार्यहरु, अध्ययन अनुसन्धान, सूचना तथा संचार प्रविधीको प्रयोग र कक्षाकोठा ब्यवस्थापन गरी ८ वटा आधारलाई मापडण्ड बनाई उत्कृष्ट शिक्षक तथा कर्मचारीको छनौट गरिएको जनाइएको छ । सूचनामा नाम प्रकाशन हुनुभएका बर्दियाका शिक्षक तथा विद्यालयलाई आषाढ ३१ गते महाकवी देबकोटा माध्यमिक विद्यालय, गुलरियामा सम्मान गरिने कार्यक्रम तय गरिएको छ ।

Loading...