onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

प्रहरी–विद्यालय सम्पर्क अन्तरगत लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

Sambad ADD long

भुरिगाउँ, बर्दिया : प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तरगत मधुवन नगरपालिका–४, ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयमा लागुऔषध सम्वन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि सचेतना कक्षा सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषधको परिचय, प्रकार, यसको सेवनबाट हुने असर तथा कानुनी प्रावधानको बारेमा जानकारी गराईएको जनाईएको छ । इलाका प्रहरी कार्यालय ढोढरीका कार्यालय प्रमुख तथा प्रहरी निरिक्षक मोहनजंग बुढाथापाले लागुऔषध सेवनका कारण मस्तिष्कले काम गर्न छाड्ने भएकाले पारिवारिक तथा सामाजिक कलह निम्तिनुका साथै अनैतिक क्रियाकलापमा संलग्नता हुने भएकाले शिक्षा र स्वास्थ्यको हानीसंगै परिवार र समाजमा बिकृती फैलिने बताउनुभयो ।

सचेतना कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक बुढाथापाले लागुऔषधको प्रयोगले कलह मच्चिने भएकोले विद्यालयमा १० बजे देखि ४ बजे सम्म मात्र बालबालिकाहरु बस्ने र त्यो भन्दा बढी समय घर परिवारसंग बिताउने हुँदा अभिभावकले आफ्ना छोराछोरीको साथको संग छ, पढ्न विद्यालय जान्छ, जाँदैन सम्पूर्ण क्रियाकलापको निगरानी गर्नुपर्ने बताउनुभयो ।

प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तरगत विद्यार्थीहरुका लागि सचेतना कक्षा सञ्चालन पश्चात सामूहिक तस्वीर खिचाउँदै सहभागीहरु ।
Leave A Reply

Your email address will not be published.