onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नेपालका लागि स्विस राजदुतद्वारा बर्दियाका जनप्रतिनिधी र द्वन्द्व पीडितहरुसंग भेट

Sambad ADD long

द्वन्द्व पीडितहरुका सवालमा द्वन्द्वपीडितहरुले राखेका सामाजिक सुरक्षा, छात्रवृति र निःशुल्क स्वास्थ्य बिमालाई अघि बढाउन संघिय सरकार मार्फत एउटा कोष खडा गर्ने, नेपाल सरकारसंगै अन्तराष्ट्रिय समुदायको पनि लगानी रहने, त्यो रकमबाट प्रदेश र स्थानीय सरकारसम्म पुग्ने गरि अनुदानहरु पठाउने स्विस राजदुत क्यापलरको प्रतिवद्धता

भुरिगाउँ, बर्दिया : नेपालका लागि स्विट्जरल्याण्डका राजदुत एलिजावेथ भोन क्यापलरले द्वन्द्व पीडितहरुको अवस्था पहिलेको भन्दा अहिले धेरै परिवर्तन भइसकेकोले द्वन्द्व पीडितहरुले राखेका सामाजिक सुरक्षा, छात्रवृति र निःशुल्क स्वास्थ्य बिमा जस्ता कुराहरुलाई अघि बढाउने बताउनुभएको छ ।

स्विस राजदुत एलिजावेथ भोन क्यापलरले आज बर्दियाको ठाकुरबाबा नगरपालिकामा जनप्रतिनिधि र स्विस परियोजनाका बारेमा गरिएको साक्षातकार कार्यक्रममा द्वन्द्व पीडितहरुका सवालमा द्वन्द्व पीडितहरुले राखेका सामाजिक सुरक्षा, छात्रवृति र निःशुल्क स्वास्थ्य बिमालाई अघि बढाउँदै लैजाने, र स्थानीय सरकार र प्रदेश सरकारको मात्रै जिम्मेवार नभएको बताउँदै संघिय सरकारको जिम्मेवारी रहेकाले अनुदानमा संघिय सरकार समक्ष आफुले कुरा पुर्याउने समेत उहाँले बताउनुभयो ।

सम्बन्धित प्रकाशन : नेपालका लागि स्विट्जरल्याण्ड राजदुत क्यापलर आज बर्दिया आउनु हुँदै

संक्रमणकालिन न्यायका लागि सरकारले यसलाई नजिकबाट हेरिरहेको बताउँदै द्वन्द्वपीडितको न्यायका लागि संघिय सरकारसंग पहल गर्ने र यदि संघिय सरकारबाट यसको पहल नभए अन्तराष्ट्रिय स्तरमा समेत छलफल गर्ने सम्बोधनका क्रममा स्विस राजदुत क्यापलरले बताउनुभयो । द्वन्द्व पीडितहरुले उठाएका सवालहरु पुरा गर्नका लागि संघिय सरकार मार्फत एउटा कोष खडा गर्ने र त्यसमा नेपाल सरकारको पनि लगानी रहने, अन्तराष्ट्रिय समुदायको पनि लगानी रहने र त्यो रकमबाट प्रदेश सरकार र स्थानीय सरकारसम्म पुग्ने गरि अनुदानहरु पठाउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

नेपालका लागि स्विट्जरल्याण्डका राजदुत एलिजावेथ भोन क्यापलरले बर्दियाको ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकामा यसअघि संचालित द्वन्द्व पीडितहरुका लागि मनोपरामर्स तालिमको अवस्थाका बारेमा पनि बुझ्नु भएको थियो । स्विस परियोजनाले नवनिर्वाचित जनप्रतिनिधीहरुसंगै द्वन्द्व पीडितहरुसंग पनि शिष्टाचार भेट गर्दै जनप्रतिनिधीहरु र द्वन्द्व पीडितहरुका भनाई सुनेर आफ्नो प्रतिकृया राख्नुभएको हो । नगरप्रमुख तिलकराम लम्साल र नगरउपप्रमुख बिना भट्टराइले पनि ठाकुरबाबा नगरपालिको अवस्थाका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल र नगरउपप्रमुख बिना भट्टराईले राजदुत एलिजावेथ भोन क्यापलरलाई मायाको चिनो हस्तान्तरण गर्नुका साथै राजदुतका राजनितिक सल्लाहकार प्रतिज्ञा सिन्हा, राजदुत सचिवालय सदस्य निर्जला रन्जित, मानसिक स्वास्थ्य र परामर्स केन्द्र (सिएमसि नेपाल) का डा. पशुपति महतरा, (सिएमसि नेपाल) का प्रदेश संयोजक हिमाल गैरे, जिल्ला संयोजक भागिराम चौधरीलाई मायाको चिनो हस्तान्तरण गर्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पत्रानुसार राजदुत एलिजावेथ भोन क्यापलरले ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, नगर उपप्रमुख बिना भट्टराई प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, विभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु लगायत द्वन्द्वपीडित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

स्विस परियोजनाको अवलोकनको लागि सुर्खेत र बर्दियाको भ्रमणमा रहनुभएकी राजदुत एलिजावेथ भोन क्यापलरले शिष्टाचार भेटघाट पश्चात आज साँझ नै काठमाण्डौ फर्किने कार्यक्रम रहेको जनाइएको छ । राजदुत एलिजावेथ भोन क्यापलरले हिँजो कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीसहित जनप्रतिनिधिहरुसंग सुर्खेतमा शिष्टाचार भेटघाटको कार्यक्रम सकेर आज बर्दिया पुग्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.