नेपालका लागि स्विट्जरल्याण्ड राजदुत क्यापलर आज बर्दिया आउनु हुँदै
ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका जनप्रतिनिधिहरुसंग शिष्टाचार भेट गर्ने

भुरिगाउँ, बर्दिया : नेपालका लागि स्विट्जरल्याण्डका राजदुत एलिजावेथ भोन क्यापलर आज बर्दियाको ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिका आउनु हुने भएको छ । स्विस परियोजनाको अवलोकन तथा नवनिर्वाचित जनप्रतिनिधीहरुसंग शिष्टाचार भेटका लागि राजदुत क्यापलर बर्दियाको ठाकुरबाबा र बारबर्दिया नगरपालिका आउन लाग्नु भएको हो ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पत्रानुसार राजदुत एलिजावेथ भोन क्यापलरले ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । स्विस परियोजनाको अवलोकनको लागि सुर्खेत र बर्दियाको भ्रमणमा रहनु भएकी राजदुत क्यापलरले अहिले विहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म ठाकुरबाबा नगरपालिकामा संचालित स्विस परियोजनाको अवलोकन तथा जनप्रतिनिधीहरुसंग शिष्टाचार भेटघाट गर्नु हुने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधीसंगको भेटघाट पछि राजदुत क्यापलर बारबर्दिया नगरपालिकामा संचालित परियोजनाको अवलोकन तथा जनप्रतिनिधीसंग भेटघाटका लागि जानुहुने कार्यक्रम रहेको छ । राजदुत क्यापलरले हिजो कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्री सहित जनप्रतिनिधीहरुसंग सुर्खेतमा शिष्टाचार भेटघाट गर्नु भएको थियो ।
ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा संचालित स्विस परियोजनाको अवलोकन र जनप्रतिनिधिसंगको भेटघाट पछि राजदुत एलिजावेथ भोन क्यापलर आज साँझ नै काठमाण्डौ फर्किने कार्यक्रम रहेको जनाइएको छ ।