online-aama-surachhya-sandesh

राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा आठ दिने कुक तालिम सञ्चालन

Sambad ADD long

भुरिगाउँ, बर्दिया : राष्ट्रिय प्रकृति संरक्षण कोष (एन.टि.एन.सी.) बर्दियाले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्यापर्यटन र संरक्षणमा प्रत्यक्ष सरोकार राख्ने होटलमा काम गर्ने कुकहरुको क्षमता अभिवृद्धिको लागि आठ दिने तालिम संचालन गरेको छ ।

आषाढ १७ गते देखि सुरु भएको कुकहरुको क्षमता अभिवृद्धि तालिम २४ गतेसम्म संचालन हुने आयोजक संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाले जनाएको छ । निकुञ्ज अवलोकनको लागि बर्दिया आउने पर्यटकहरुलाई निकुञ्ज अवलोकन संगै निकुञ्जको विषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रसम्म सन्देश प्रवाह गरि वन वन्यजन्तुको संरक्षणमा उल्लेखनिय योगदान पुर्याउने होटल व्यवसायिहरुको खानामा गुणस्तर बृद्धि गर्न तालिमको आयोजना गरिएको एन.टि.एन.सी. बर्दियाका कार्यालय प्रमुख डा. रबिन कडरियाले बताउनु भयो ।

पर्यटन व्यवसाय खाना संग प्रत्यक्ष रुपमा जोडिएकोले निकुञ्ज क्षेत्रमा संचालनमा रहेका होटेलका किचनमा काम गर्ने कर्मचारिको क्षमता अभिवृद्धि गर्नसकिएको खण्डमा पर्यटन व्यवसायि तथा निकुञ्ज संरक्षण दुवै तर्फ लाभ पुग्न सक्ने भएकाले तालिमको आयोजना गरिएको कडरियाले बताउनु भयो । संचालित तालिमको प्रशिक्षण नेपालको कुक क्षेत्रमा नेपाली खानालाई संरक्षण र सम्वर्धन गर्नुपर्छ भन्ने अभियानमा समेत रहेका लक्ष्मण प्रसाद भण्डारीले गरि रहनु भएको छ । प्रशिक्षक भण्डारीका अनुसार तालिमका सहभागिहरु उत्साहित भएर तालिममा सहभागि भएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले वन, वन्यजन्तु संरक्षणका प्रमुख कार्य संगै समुदायको सहभागिता, जनचेतना, समुदाय परिचालन, मानव वन्यजन्तु द्वन्द न्यूनिकरण लगायतका क्रियाकलापमा काम गर्दै आईरहेको छ ।

Leave A Reply

Your email address will not be published.