onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बन्द राजमार्ग खुल्यो, सहमति नभए भोली फेरी बन्द गर्ने पीडित पक्षको भनाई

Sambad ADD long

भुरिगाउँ, बर्दिया : बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि उचित क्षतीपुर्ती र ट्रक चालकलाई कारबाहीको माग गर्दै बालिकाका आफन्तजनले गरेको पुर्व पश्चिम राजमार्ग बन्द तीन घण्टापछि खुलेको छ ।

बाँकेको कोहलपुर बसपार्क नजिक सनिबार विहान सडक किनारमा हिँडिरहेकी बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरीगाँउकी १२ वर्षीया बालिका खिमा बोहाराको ट्रकको ठक्करबाट ज्यान गएपछि बालिकाका आफन्तजनले बर्दियाको भुरिगाउँमा पुर्व पश्चिम राजमार्ग बन्द गरेका थिए । राजमार्ग झण्डै ३ घण्टा पछि ४ बजे खुलेको हो ।

सम्बन्धित प्रकाशन : ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि पुर्व-पश्चिम राजमार्ग बन्द

उचित राहत क्षतीपुर्ती र ट्रक चालकलाई कडा कारबाहीका लागि मृतक बालिकाका आफन्तजन, स्थानीय जनप्रतीनिधि, ट्रक व्यवसायी समिती र प्रहरीसहितको टोलीबीच इलाका प्रहरी कार्यालय कोहोलपुरमा फेरी पनि छलफल गर्ने प्रहरीले भनेपछि बन्द राजमार्ग खुलाइएको पीडित पक्षले जनाएका छन् । छलफलमा सहमति नभए भोली फेरी राजमार्ग बन्द गर्ने पीडित पक्षका भुमिका वलीले बताउनुभयो ।

बालिकाको शव मेडिकल कलेज कोहलपुरमा राखिएको छ, अहिलेसम्म पोस्टमार्टम पनि भएको छैन, सहमती नभएसम्म बालिकाको शव नबुझ्ने मृतक बालिकाका आफन्तले जनाएका वलीले बताउनुभयो । पीडित पक्षको माग सम्बोधनका लागि फेरी छलफल गर्ने इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएपछि राजमार्ग खुलेको हो ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिमबाट कोहलपुर चौराह तर्फ आउँदै गरेको ट्रकले सनिबार विहान पैदल यात्री बालिकालाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै ज्यान गएको हो ।

Leave A Reply

Your email address will not be published.