onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि पुर्व-पश्चिम राजमार्ग बन्द

Sambad ADD long

भुरिगाउँ, बर्दिया : तीन दिन अघि बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि उचित राहत क्षतीपुर्ती र ट्रक चालकलाई कडा कारबाहीको माग गर्दै बालिकाका आफन्तजनले पुर्व पश्चिम राजमार्ग बन्द गरेका छन् ।

बाँकेको कोहलपुर बसपार्क नजिक सनिबार विहान सडक किनारमा हिँडिरहेकी बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरीगाँउकी १२ वर्षीया बालिका खिमा बोहाराको ट्रकको ठक्करबाट ज्यान गएपछि बालिकाका आफन्तजनले बर्दियाको भुरिगाउँमा पुर्व पश्चिम राजमार्ग बन्द गरेका हुन् । उचित राहत क्षतीपुर्ती र ट्रक चालकलाई कडा कारबाहीका लागि मृतक बालिकाका आफन्तजन, स्थानीय जनप्रतीनिधि, ट्रक व्यवसायी समिती र प्रहरीसहितको टोलीबीच इलाका प्रहरी कार्यालय कोहोलपुरमा आइतबार बेलुकाकासम्म छलफल भएपनि ट्रक व्यवसायी समिती र बालकिाका आफन्तबीच सहमति हुन नसकेपछि माग सम्बोधनका लागि आज दिउँसो १ बजेदेखि राजमार्ग बन्द गरिएको बालिकाका पुपु भुमिका वलीले बताउनुभयो ।

बालिकाको शव नेपालगंज मेडिकल कलेज कोहलपुरमा राखिएको छ, अहिलेसम्म पोस्टमार्टम पनि भएको छैन, सहमती नभएसम्म बालिकाको शव नबुझ्ने मृतक बालिकाका आफन्तले जनाएका वलीले बताउनुभयो । पीडित पक्षको माग सम्बोधनका लागि फेरी पनि छलफल गर्ने गरि राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिमबाट कोहलपुर चौराह तर्फ आउँदै गरेको प्र.१–०२–०१ ख ९२२९ नम्बरको ट्रकले सनिबार विहान पैदल यात्री बालिकालाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै ज्यान गएको हो । ट्रक चालक सिराहको मिर्चैया नगरपालिका ७ का वर्षीय ३१ को तिल प्रसाद खतिवडालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.