onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

पेरहनी–कालिगौडी जोड्ने औराही खोलाको पुल निर्माण अन्तिम चरणमा

Sambad ADD long

भुरिगाउँ, बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय, ठाकुरद्वारा जोड्ने आम्बासाको औराही खोला अन्तरगत दुई ठाउँमा पक्की पुल निर्माणको काम सुरु भए पनि एक ठाउँमा निर्माण हुनुपर्ने सम्झौता भन्दा झण्डै ९ महिना अघि सम्पन्न भयो भने अर्को ठाउँमा निर्माण सम्पन्न हुनुपर्ने सम्झौता भन्दा २ वर्ष ढिलो भईसक्दा पनि सम्पन्न हुन सकेको छैन । सम्झौता अवधी सकिएर पनि निर्माण सम्पन्न हुन नसकेको सोही पुलको काम अहिले लगभग अन्तिम चरणमा पुगेको जनाईएको छ ।

ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २, पेरहनी तथा वडा नम्बर ७, कालिगौडी गाउँ नजिक निर्माणाधिन औराही खोलाको पुल सडक डिभिजन कार्यालय नेपालगञ्ज अन्तरगत जय बागेश्वरी कन्ट्रक्सन संग २०७६ साल फाल्गुण मसान्त भित्र सम्पन्न गर्ने गरी २०७४ साल चैत्र महिनामा झण्डै १० करोड ३४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर सम्झौता अनुसार निर्माण कार्य सम्पन्न गर्नुपर्ने समयाबधी सकिएको २ वर्ष भन्दा बढी भई सक्दा समेत पुल निर्माणको काम सकिएको छैन । पुल निर्माण कार्यको म्याद थप भएर आए संगै चालु आर्थिक वर्ष २०७८/७९ भित्रै पुलको निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायी यज्ञ खत्रीले प्रतिबद्धता जनाउनु भएको छ ।

निर्माणाधिन औराही खोलाको पुल सुस्त गतिमा निर्माण भईरहेको भन्ने स्थानियको व्यापक जनगुनासो बढेपछि निर्माण व्यवसायीले पुल निर्माणको कार्यलाई तिब्रता दिएको हो । कालीगौडी गाउँ नजिकको औराही खोलामा पुल निर्माणको काम अलपत्र छाडेर ठेकेदार बेखबर भएपछि अब पुल नबन्ने हो की भन्नेमा स्थानीयवासी चिन्तित बनेर जिल्ला प्रशासन र संचारमाध्यममा व्यापक जनगुनासो दिएपछी पछिल्लो समय पुल निर्माणको कामले तिब्रता पाएको हो ।

१७० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको औराही खोलाको पक्की पुल सडक डिभिजन कार्यालय नेपालगञ्ज अन्तरगत नेपाल सरकारको १० करोड ३४ लाख लागतमा निर्माण कार्य सुरु गरिएको पुल लकडाउनका कारण र केही प्राविधिक समस्याका कारण सम्पन्न हुन ढिलाई हुन पुगेको र अहिले पुल निर्माणको काम लगभग अन्तिम चरणमा भएकाले यो आर्थिक वर्ष भित्र पुलबाट ओहोरदोहोर गर्न सकिने निर्माण व्यवसायी यज्ञ खत्रीले बताउनुभयो ।

उता तोकिएको समयभन्दा अगाडि आम्बासा नजिक औराही खोलाको पुल निर्माण कार्य सम्पन्न भएपछी यस क्षेत्रका स्थानियवासी र पर्यटन व्यवसायीहरु खुसी भएका थिए । निर्माण सम्पन्न गर्ने सम्झौता भन्दा ९ महिना अघि निर्माण कार्य सकिएपछी तत्कालिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गद्वारा २ वर्ष अघि औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गरि सुचारु गरिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई पनि घण्टौँसम्म खोलाको ढिकमा कुरेर बस्ने समस्याबाट समेत मुिक्त मिलेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारा क्षेत्र ओहोरदोहोरका लागि औराही खोलामा पुल नबन्दा ठाकुरबाबा नगरपालिका क्षेत्रका स्थानियवासी संगै निकुञ्ज अवलोकनमा आउने पर्यटकहरु पनि समस्यामा परेका थिए ।

वडा नम्बर ७, कालिगौडी हुनु पर्नेमा अन्यथा भएकोले सच्याईएको छ । – सम्पादक

Leave A Reply

Your email address will not be published.