![Sambad ADD long](https://onlinesambad.com/wp-content/uploads/2022/08/ADD.jpg)
गुलरिया, बर्दिया : गुलरिया नगरपालिका वडा नम्बर ३, का हेमराज गोडियाको भारतीय जंगलमा गोली लागेर मृत्यु भएको छ । भारतको जंगलमा निउरो टिप्न गएका गोडियालाई अज्ञात व्यक्तीले चलाएको गोली लागेर मृत्यु भएको परिवारीक स्रोतले जनाएको छ । दायाँ खुट्टामा गोली लागेको उनलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहिबार विहान करिब १० बजे सिमावर्ती भारतीय जंगलमा निउरो टिप्न गएका गोडिया साँझ अवेर सम्म नफर्किएको र राती ८ बजे तिर फोन गरेर आफुलाई गोली लागेर घाईते भएकोले लिन आउन भनेको भनेको श्रीमती मर्री गोडियाले बताउनु भयो । खोज्दै जाँदा खेतमा अर्धबेहोस भएर लडेको अवस्थामा भेट्टाएर ल्याएको कृतक की श्रीमतीले बताउनु भयो ।
मृतककी श्रीमती मर्रीका अनुसार घरमा ल्याएर पानी खुवाएपछि बेहोस भएको र अस्पताल लैजानेक्रममा मृत्यु भएको हो । समयमा एम्बुलेन्स नआउँदा अस्पताल लैजान ढिला भएको मृतकका छोरा अंगद कुमार गोडियाले बताउनु भयो । उहाँका अनुसार दुई ओटा एम्बुलेन्सलाई फोन गर्दा नेपालगञ्ज भएको बताएपछि तेस्रो एम्बुलेन्समा अस्पतालमा पुर्याइएको थियो ।
बर्दिया अस्पतालको अकस्मीक कक्षको रेकर्ड अनुसार राती १० बजेर २० मिनेट जाँदा हेमराज गोडियालाई मृत्यु भइसकेको अवस्थामा अस्पताल पुर्याईएको थियो । गोली लागेर अत्याधिक रक्तस्राव भएको कारणले मृत्यु भएको अनुमान गरीएको छ ।
बर्दियाका डिएसपी सुर्य सुवेदीले गोली कसले कसरी चलाएको हाल सम्म जानकारी नभएको बताउनु भयो । डिएसपी सुवेदीका अनुसार घरपरिवारबाट भारीतय जंगलमा निउरो टिप्न गएको बेलामा गोली लागेको जानकारी आएको आधारमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको छ । शवको पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईएको सुवेदीले बताउनु भयो ।