गुलरिया, बर्दिया : राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता बजेट तथा समन्वय अभावका कारण आर्थिक वर्ष सकिनै लाग्दा बर्दियामा सुरु भएको छ । लुम्बिनी प्रदेश र जिल्ला खेलकुद विकास समिति बीचको समन्वय अभावका कारण रनिङसिल्ड प्रतियोगिता असार मसान्तको पूर्वसन्ध्यामा गर्नुपरेको लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र शर्माले बताए । उनले भने, ‘समयमै आवश्यक बजेट नपाउँदा प्रतियोगिता गर्न सकेनौं । आर्थिक वर्षको अन्त्यमा भएपनि प्रतियोगिता गर्नुपर्ने बाध्यता भयो ।’
रनिङसिल्ड प्रतियोगितामा बर्दियाको गुलरिया, राजापुर, ठाकुरबाबा र बाँसगढी नगरपालिकाका विद्यालयहरुबाट छात्र–छात्राको ४।४ गरी ८ ओटा टीम सहभागी रहेका छन् । भलिबल, कबड्डी, एथ्लेटिक्स १ सयदेखि १५ सय मिटर, ज्याप्लिङ थ्रो, शटपुट, उसु, कराते र तेक्वान्दोलगायतका सबै खेलमा छात्र–छात्रा सहभागी हुनेछन् । साभार : यादव आचार्य/अन्नपूर्ण