onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

कृषकहरुलाई सम्मान गर्दै ठाकुरबाबामा राष्ट्रिय धान दिवस मनाइयो

Sambad ADD long

बर्दिया : आज असार १५, राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन । धानबालिमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने मूल नाराका साथ १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बर्दियामा पनि मनाइएको छ ।

बर्दिया थारु समुदायको बाहुल्यता भएको जिल्ला भएकाले थारुहरुले आफ्नै मौलिक भाकामा असारे गित गाउँछन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन । अन्नको भण्डार मानिने बर्दियामा धान रोपाइको रौनक छुट्टै छ । मानो रोपेर मुरी फलाउने किसान यतिखेर आफ्नो कृषि कर्ममा व्यस्त हुन्छन् ।

कृषिलाई यान्त्रिकरण गरी आधुनिक तरिकाले धान उत्पादकत्व वृद्धि गरी चामलको आयातमा प्रतिस्थापन गर्ने योजनाका साथ नेपाल सरकार अघि बढेको ठाकुरबाबा नगरपालिकाकी नगर उप-प्रमुख विना कुमारी भट्टराइले बताउनुभयो । नेपालको युवापुस्ता जो कृषि क्षेत्रमा लागेर चामल लगायतका खाद्यान्न उत्पादन गर्नु पर्ने हो, त्यो जनशक्ति विदेश पलायन हुन थालेपछि कृषि क्षेत्रमा निराशा छाएको छ ।

अहिले कृषकहरु पनि जबसम्म हामीले परम्परागत कृषि प्रणालीलाई बदल्दैनौं तबसम्म कृषिको क्षेत्रमा परिवर्तन नहुने भन्नेमा सजक भैसकेका छन् । ठाकुरबाबा नगरपालिका आर्थिक विकास शाखा कृषि उपशाखाको आयोजना, वडा स्तरीय कृषक समन्वय समिति ठाकुरबाबा नगरपालिका वडा नम्बर १ को व्यवस्थापन तथा थारु एग्रोभेट सेन्टर, क्वालिटि एग्रो सप्लायर्स र थारु समुदाय विकास मञ्चको साझेदारीमा रोपाइ महोत्सव आयोजना गरिएको थियो ।

रोपाई महोत्सवमा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्साल, उप-प्रमुख बिना कुमारी भट्टराई, थारु समुदाय विकास मञ्चका पदाधिकारी, कृषक लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रममा कृषकहरु मध्यबाट सोमति थारु उत्कृष्ठ कृषकको रुपमा सम्मानीत हुनुभएको छ भने उत्कृष्ठ महिला कृषक समुह, उत्कृष्ठ कृषक पाठशाला, उत्कृष्ठ करेशावारी, उत्कृष्ठ मिश्रीत समुह र उत्कृष्ठ समन्वय समितिलाई सम्मानपत्र सहित सम्मान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.