विज्ञापन
याे विज्ञापन १० सेकेण्ड सम्म देखा पर्नेछ। त्याे भन्दा अघि नै हटाउन चाहनुहुन्छ भने माथीकाे हटाउनुहाेस् बटनमा थिच्न सक्नु हुनेछ।

ठाकुरबाबा नगरपालिकाको कारोबार अब विद्युतिय भुक्तानी प्रणालीमा

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले नगरपालिकाको कारोबारलाई विद्युतिय भुक्तानी प्रणालीमा जोडिएको जनाएको छ । नगरपालिकाबाट हुने बिभिन्न भुक्तानीलाई सहज बनाउनका लागि विद्युतिय भुक्तानी प्रणाली सुरु गर्न लागिएको नगरपालिकाका लेखा अधिकृत सुदिप सिंह सुनारद्वारा हस्ताक्षरित सूचनामा जनाईएको छ ।

हिजो आइतबार नगरपालिकाद्वारा प्रकाशित सूचना अनुसार ठाकुरबाबा नगरपालिकाबाट भुक्तानी लिनुपर्ने सम्बन्धित फर्म, निर्माण ब्यवसायी, उपभोक्ता समिति, सप्लायर्स लगायत सम्बन्धित सरोकारवालाहरुत्रलाई आफ्नो बैंक खाता नम्बर, खातामा रहेको नाम, खाता रहेकेो शाखा कार्यालयको नाम समावेश भएको चेकको छायाँप्रती भुक्तानी निवेदनका साथमा समावेश गरी आर्थिक प्रशासन शाखामा पेश गर्न अनुरोध गरिएको छ ।

Loading...