online-aama-surachhya-sandesh

स्वास्थ्य संस्थामा सरसफाई र स्वच्छता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा अधिकार बाहकका लागि स्वास्थ्य संस्थामा खानेपानी सरसफाई र स्वच्छता सुविधाको दिगो सञ्चालन तथा मर्मत सम्भार निति सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा गेरुवा ग्रामिण जागरण संघ र टिडिएच फाउण्डेसनको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य संस्थाहरुमा जडान भएर सञ्चालनमा रहेका वास संरचनाहरुको सुची र तिनको मर्मत सम्भारमा लाग्ने लागतलाई निर्धारण गर्न, लागतका आधारमा संरचनाको मर्मत सम्भारका लागि लाग्ने वार्षिक खर्चको अनुमान तथा गणना गर्न, पालिकाको वार्षिक निति र पालिका वडाको वजेटमा स्वास्थ्य संस्थामा वास संरचनाको मर्मत सम्भारका लागि लाग्ने खर्चको योजना र बजेटको व्यवस्था गर्न नितिको आवश्यक पर्ने भएकोले निति निर्माण वनाउन अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको गेरुवा ग्रामिण जागरण संघका परियोजना संयोजक गोपाल प्रसाद कंडेलले जानकारी दिनुभयो ।

पछिल्लो समय गेरुवा ग्रामिण जागरण संघले खानेपानी, सरसफाई र स्वच्छता सुविधाहरुको दिगो सञ्चालन गर्नका लागी नितिको अवधारणाका बारेमा सेवाग्राही, सरोकारवाला संघसस्था, समुदाय स्तर र सेवा संगठनहरुसंग मिलेर छलफल समेत गर्दै आइरहेको परियोजना संयोजक कंडेलको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मुलुकभरका ७५३ स्थानीयतह मध्ये बास सम्बन्धि निति निर्माण गर्न लागेको ठाकुरबाबा नगरपालिका पहिलो नगरपालिका बनेको छ ।

पछिल्लो समय गेरुवा ग्रामिण जागरण संघले गरेको अनुगमनमा स्वास्थ्य सस्थाहरुमा खानेपानी, ट्वाइलेटहरुको निर्माण गरिनु तर त्यहाँ आवश्यक पर्ने स्वास्थ्य सामाग्री नहुनु र पुराना सामाग्रीहरुको मर्मत सम्भार नभएको पाइएपछि निति बनाउनुपर्ने आवश्यकता भएकाले नियमित रुपमा छलफल कार्यक्रमलाई निरन्तरता दिइएको छ । ठाकुरबाबा नगरपालिकाका १० वटा स्वास्थ्य संस्थाहरुमा गरेको अध्ययनमा खानेपानी, ट्वाइलेट लगायतका वास संरचनाहरु १ वर्षमा ३ सय ३० दिन मात्र सञ्चालनमा आएको र १ महिना बढि वास सम्बन्धि संरचनाहरु बन्द रहेको पाइएको कंडेलले बताउनुभयो ।

निति सम्बन्धि छलफल कार्यक्रममा सेवाग्राहीहरुले स्वास्थ्य संस्थामा पुर्ण रुपमा खानेपानीको व्यवस्था हुनुपर्ने, सेवाग्राहीहरु वस्नका लागि भवन निर्माण गर्नुपर्ने, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने, स्वास्थ्य चौकिमा प्याडको व्यवस्था हुनुपर्ने, व्यवस्थापन समितिको अनुगमन गर्नुपर्ने तथा स्वास्थ्य चौकि सुधार समितिको अनुगमन गर्न आवश्यक रहेको बताएका छन् ।

यसैबिच बिगे्रका संरचनारुलाई मर्मत सम्भार गर्ने र पुनः प्रयोगमा ल्याउने, सामाग्रीको अनिवार्य रुपमा व्यवस्थापन हुनुपर्ने, प्रत्येक स्वास्थ्य संस्थामा धारा ट्वाइलेटको व्यवस्था हुनुपर्ने, बिगे्रका सामाग्री बनाउन बजेटको व्यवस्था गर्नुपर्ने, सार्वजनिक ठाउँमा शौचालय र सावुन पानिको ब्यवस्था हुनुपर्ने जस्ता नितिहरु समेट्न स्थानीयहरुले सुझाब समेत दिएका छन् ।

Leave A Reply

Your email address will not be published.