onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

गाडी भाडा बढ्यो, काठमाण्डौबाट गुलरिया पुग्न १ हजार ६ सय ८३ रुपैयाँ

Sambad ADD long

भुरिगाउँ, बर्दिया : यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि गरे संगै विभागले भाडा बढाएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशत भन्दा बढीले घटबढ भएमा स्वचालित प्रणाली मार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।

विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक गाडीमा पाँच दशमलव ३० प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा ६ दशमलव ९४ र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा सात दशमलव सात प्रतिशतले भाडा बढाएको छ । नयाँ भाडादर एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा लागू हुने विभागले जनाएको छ ।

बढाएको भाडाअनुसार काठमाण्डौ देखी बर्दियाको सदरमुकाम गुलरिया सम्मको नयाँ भाडादर १ हजार ६ सय ८३ रुपैयाँ कायम गरिएको छ भने सबैभन्दा धेरै काठमाण्डौबाट धनगढी, सितामढी हुँदै अछामको साँफेबगर जाने यात्रुले दुई हजार आठ सय ८९ रुपैयाँ गाडी भाडा तिर्नुपर्नेछ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”डाउनलोड गर्नुहोस्” attachment_id=”985″ /]

Leave A Reply

Your email address will not be published.