onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

मधुवन उद्योग वाणिज्य संघको नेतृत्व दुर्गा प्रसाद रिमाललाई

Sambad ADD long

मधुवन, बर्दिया : मधुवन उद्योग वाणिज्य संघ कुसुम्मा बजारको निर्वाचन सम्पन्न भएको छ । मधुवन उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार दुर्गा प्रसाद रिमाल ३०८ मत प्राप्त गरी विजय हुनु भएको छ, रिजालले निकटतम प्रतिद्वन्दीलाई २५ मतको अन्तरले पराजित गर्नुभएको हो । उहाँका प्रतिद्वन्दी घनश्याम अधिकारीले २८३ मत प्राप्त गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा नृप बहादुर सोडारीले ३४४ मत प्राप्त गरि विजय हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी टंक प्रसाद पौडेलले २४१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा (उधोग तर्फ) सुरेन्द्र बहादुर बानियाले २९६ मत, उपाध्यक्षमा (बाणिज्य तर्फ) रवीन्द्र खड्काले २९९ मत, महासचिवमा झलक बहादुर के।सी। ३१३ मत, सचीवमा मैयाँ कुमारी अधिकारी क्षेत्रीले ३०१ मत प्राप्त गरि विजय हुनुभएको छ भने कोषाध्यक्षमा लक्ष्मी थारु ३०३ मत र मन बहादुर तामाङ लामाले २९३ मत प्राप्त गरि विजय हुनुभएको छ ।

महिला सदस्य तर्फ विजय छवि के।सी। २९८ मत, सितला खत्री ३११ र रत्ना वलीले २७५ मत प्राप्त गरी विजयी हुनु भएको छ भने खुल्ला सदस्य पुरुष तर्फ शिवशंकर वली ३३३ मत, होम बहादुर चौधरी २८५ मत र रोशन कार्कीले २७६ मत प्राप्त गरि विजय हुनु भएको मधुवन उद्योग वाणिज्य संघ निर्वाचन समितिले जनाएको छ । ७१२ जना सदस्य रहेको मधुवन उद्योग वाणिज्य संघको निर्वाचनमा ६१२ मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.