online-aama-surachhya-sandesh

बालविवाह न्यूनिकरणका लागि मधुवनमा नागरिक समाजको गठन

Sambad ADD long

मधुवन, बर्दिया : मधुवन नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजना अन्तरगत नागरिक समाजको गठन तथा क्षमता अभिबृद्दी सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मधुवन नगरपालिकाकी नगर उप–प्रमुख अनिता चौ

धरीको विशेष आतिथ्यतामा असार ४ र ५ गते गरी दुई दिन सम्म चलेको कार्यशाला गोष्ठी मधुवन नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मेक बहादुर गुरुङ्ग, महिला तथा बालवबालिका शाखाका ईन्द्र चुनारा, मेलमिलाप सहजकर्ता विष्णु गौतम लगायतको उपस्थितीमा सम्पन्न भएको हो ।

सम्पन्न भएको नागरिक समाजको गठन तथा क्षमता अभिबृद्दी सम्बन्धी कार्यशाला गोष्ठीले विष्णु गौतमको संयोजकत्वमा २१ सदस्यीय पालिका स्तरीय नागरिक समाजको गठन गरेको छ । नवगठित नागरिक समाजले बालविवाह न्यूनीकरण गर्ने, समाजमा सचेतना र खबरदारी गर्ने उद्देश्य राखेको संयोजक गौतमले अनलाइन सम्बादलाई बताउनु भयो ।

प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप)को साझेदारीमा सन्चालीत बालविवाह न्यूनीकरण परियोजनाको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको छ । बालविवाह न्यूनीकरण गर्नका लागि नागरिक तहबाट आवाज उठाउन यस अघि बर्दिया जिल्लाको गेरुवा गाउँपालिका र बारबर्दिया नगरपालिकामा समेत नागरिक समाज गठन गरि सकिएको परियोजना व्यवस्थापक जगदिश थापाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.