online-aama-surachhya-sandesh

बर्दिया अपाङ्गता पुर्नस्थापना केन्द्रमा पुनः सापकोटाको नेतृत्व

Sambad ADD long

भुरिगाउँ, बर्दिया : बर्दिया अपाङ्गता पुर्नस्थापना केन्द्रको अध्यक्षमा संस्थापक अध्यक्ष नेत्र प्रसाद सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ । आषाढ ४ गते बढैयाताल गाउँपालिकाको पशुपतिबजारमा सम्पन्न भएको १८ औं साधारणसभा तथा सातौं अधिवेशनले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । विक्रम सम्वत् २०५९ सालमा बर्दिया अपाङ्गता पुर्नस्थापना केन्द्र नेत्र प्रसाद सापकोटाको अध्यक्षतामा स्थापना भई सञ्चालन हुँदै आई रहेको छ । २० वर्ष पछि पुनः सापकोटा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बर्दिया अपाङ्गता पुर्नस्थापना केन्द्रका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीले बैशाख ३० गते सम्पन्न स्थानियतहको निर्वाचनमा भाग लिन राजिनामा दिए पछि अध्यक्ष पद रिक्त भएको र पुर्नस्थापना केन्द्रलाई प्रभावकारी रुपमा अगाडी बढाउन पुर्नस्थापना केन्द्रले करिब छ महिना अगाडी नै सस्थाको अधिवेशन गरेको जनाएको छ ।

सातौं अधिवेधेशनले बरिष्ठ उपाध्यक्षमा दिपबहादुर चन्द, महिला उपाध्यक्षमा सबिना थारु, कोषाध्यक्षमा चिन्तामणी कंडेल, महासचिबमा दलबहादुर सुनार, सचिबमा तेज बहादुर ओली, सदस्यहरूमा रिता भण्डारी, राजकुमार थारु र चमेली थारु तथा लेखा समितिको संयोजकमा सन्तोष देबकोटा सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक प्रेम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.