onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

होटल अर्गनाइजेशन बर्दियाको अध्यक्षमा थापा र्निविरोध

Sambad ADD long

गुलरिया, बर्दिया : होटल अर्गनाइजेशन बर्दियाको अध्यक्षमा संगिता थापा र्निविरोध चयन हुनु भएको छ । गुलरियामा शुक्रबार आयोजित १५ औं साधारणसभाको ७ औं अधिवेशनले अध्यक्षमा थापासहित १५ सदस्यीय कार्यसमिति र्निविरोध चयन गरेको हो ।

अर्गनाइजेशनको वरिष्ठ उपाध्यक्षमा भोजराज शर्मा, उपाध्यक्ष किरण नापित, महासचिव नगेन्द्र रिमाल, सचिव जंगबहादुर चौधरी, कोषाध्यक्ष ईश्वरी पोखरेल र सहकोषाध्यक्षमा लक्ष्मी पाण्डे चयन भएको नवर्निवाचित अध्यक्ष थापाले जानकारी दिनुभयो ।

सदस्यहरुमा खेमराज भट्टराई, हरिकला कंडेल, कृष्ण कुमारी श्रेष्ठ, सावित्रीदेवी डांगीक्षेत्री, कृष्णबहादुर थारु, सन्तबहादुर थापा, पूर्णकला गुरुङ र दुर्गा श्रेष्ठ चयन हुनु भएको छ । संस्थाको विधान अनुसार २ जना सदस्य मनोनित गर्नुपर्ने प्रावधान रहेकाले कार्यसमितिको बैठकबाट निर्णय गरिने उहाँले जानकारी दिनुभयो । साभार : यादव आचार्य/अन्नपूर्ण

Leave A Reply

Your email address will not be published.