onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया : २२ वर्षमा हात्तीको आक्रमणबाट ४९ जनाको ज्यान गयो

मानव–वन्यजन्तु द्वन्दले हात्ती संरक्षणमा चुनौती थपिँदै

Sambad ADD long

भुरिगाउँ, बर्दिया : २२ वर्षको अवधिमा हात्तीको आक्रमणबाट ४९ जनाको ज्यान गएको छ । ठाकुरद्वारामा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी उमेश पौडेलले बर्दियामा २२ वर्षको अवधिमा ४९ जनाको ज्यान गएको बताउनुभयो । ४९ जना मध्य ४२ जनाको निकुञ्ज र मध्यवर्ति क्षेत्रमा ज्यान गएको हो ।

सम्बन्धित खबर :
मानव–हात्ती सहअस्तित्व निर्माणका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

दिनप्रतिदिन हात्तीको संख्या समेत बढ्दै गएको र हात्तीको संख्या बढेपछि मानव–वन्यजन्तु द्वन्दले हात्तीको संरक्षणमा चुनौति समेत थपिदै गएको छ । वासस्थानको कमि, वासस्थान खण्डिकरण र जैविक मार्गमा व्यवधान, आहारा र पानीको अभावका कारण हात्ती संरक्षणमा चुनौति थपिएको पौडेलले बताउनुभयो ।

वासस्थान क्षेत्रमा मानविय चाप, चरिचरण र घाँस दाउराको लागि वनमा अत्याधिक निर्भरता, हात्तीको वासस्थान र विचरण मार्गको विनाश तथा क्षयिकरण, जनचेतनाको कमि, हात्ती प्रतिको व्यवहार, सहज र मनपसन्द आहारा र पोथि घरपालुवा हात्ती भएको हात्तीसारमा प्राय जंगली भाले हात्तीहरु आउने गरेका कारण हात्तीका कारण मानविय क्षति भैरहेको उहाँले बताउनुभयो ।

मानव–वन्यजन्तु द्वन्द न्युनिकरण गर्नका लागि हात्तीलाई बाच्नका लागि आवश्यक पर्ने तत्वहरुमा प्रयाप्त खाना, पानी, प्रयाप्त ठाउँ, समावेश भएको ठुलो ठाउँको व्यवस्थाका लागि पहल गनुपर्नेमा जोड दिइएको छ ।

Leave A Reply

Your email address will not be published.