मानव–हात्ती सहअस्तित्व निर्माणका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
अस्तित्व बचाउन हात्तीले सामना गर्नुपरेका समस्या माथि छलफल

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारामा मानव–हात्ती सहअस्तित्व निर्माणका लागि आपतकालीन प्रतिक्रिया टोली (इआरटि), द्रुत प्रतिक्रिया टोली (आरआरटि)लाई प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । चोरिसिकार नियन्त्रण युवा परिचालन अभियान सन्जाल बर्दिया, उज्यालो नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा मानव–हात्ति सहअस्तित्व निर्माणका लागि प्रशिक्षण तालिम सम्पन्न भएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रमेश थापा, सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी अशोक राम, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी उमेश पौडेलले प्रशिक्षण दिनुभएको कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रमेश थापाले नेपालमा हात्तीको वासस्थानको रुपमा रहेको वनजंगल मासिएको र जसले गर्दा प्रजनन् पुर्नउत्पादन, सन्तती वृद्धिमा नकरात्मक असर पर्नुका साथै नदि खोलाको वहाव परिवर्तनले गर्दा हात्तिको वासस्थानमा क्षयिकरण भएको बताउनुभयो ।
सम्बन्धित खबर :
बर्दिया : २२ वर्षमा हात्तीको आक्रमणबाट ४९ जनाको ज्यान गयो
थापाले मानब र हात्ति बिचको द्वन्द न्युनिकरण गर्नका लागि अहिलेसम्म तारबार, जैविकबार, विद्युतिय तारबार, हात्तिको गोबर र सुकेको खुर्सानी मिसाएर बनाएको डल्लो जलाउने, वनकसको डोरी पड्काउने, ड्रम, शंख आदि बजाएर तर्साउने प्रयास, आगोको राँको बालेर चिच्याउने लगायतको काम गरेको तर खासै प्रभावकारी भने नभएको बताउनुभएको छ ।
वासस्थानको कमि, वासस्थान खण्डिकरण र जैविक मार्गमा व्यवधान, आहारा र पानीको कमि, चोरी सिकार र ओखेटोपहारको अबैध व्यापार, मानव-हात्ती द्वन्द र प्रतिशोधमा हत्या, मानव निर्मित भौतिक संरचना जस्तै राजमार्ग, नहर, र विद्युतिकरणमा हुने दुर्घटना, जिउदो हात्तीको अबैध व्यापार लगायतको कारण हात्ती संरक्षणमा चुनौति भएको थापाको औंल्याउनु भयो ।