आफु पूर्णकालीन राजनीतिमा आएको रबि लामिछानेको घोषणा

काठमाण्डौ : लामो समय न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासंग’ र पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा ‘सिधा कुरा’ टेलिभिजन कार्यक्रम सञ्चालन गरेर जनमानसमा फरक छाप छोड्न सफल सञ्चारकर्मी रबि लामिछानेले आफु राजनितीको यात्रामा अगाडी बढेको बताउनु भएको छ ।

सञ्चारकर्मी लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेजमा एक भिडियो संदेश प्रशारण गर्दै आफु रहरले सञ्चारकर्मी भएको, तर परिस्थीतिले आफुलाई राजनीतिज्ञ बनाएको भन्दै आजबाट आफु पूर्णकालीन राजनीतिमा आएको बताउनु भएको हो ।

ग्यालेक्सी फोरके टेलिभिजनमा आफुले सञ्चालन गर्दै आई रहेको कार्यक्रम ‘सिधा कुरा’ नयाँ पुस्तालाई हस्तान्तरण गरी आफु राजनितीको नयाँ पुस्ता बन्न चाहेको लामिछानेले बताउनु भएको छ । मुलुकले खोजेको नेतृत्व र त्यसको खाका कोर्ने योजना आफुसंग रहेको बताउँदै आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताउनु भएको छ ।

>> रबि लामिछानेद्वारा फोसबुक पेजमा प्रशारित भिडियो संदेश:

Loading...