भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा प्रारम्भिक बालविकासका लागि सकारात्मक अभिभावक शिक्षा मेला सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा थारु महिला उत्थान केन्द्र र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा प्रारम्भिक बालविकासका लागि सकारात्मक अभिभावक शिक्षा मेला सम्पन्न भएको हो ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीको प्रमुख आतिथ्यता तथा ठाकुरबाबा नगरपालिकाका जनस्वास्थ्य अधिकृत इन्द्र बहादुर राजवंशी र थारु महिला उत्थान केन्द्रकी अध्यक्ष प्रिज्मा सिंह थारुको विशिष्ट आतिध्यता रहेको कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, दुर्गा जनज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षीका, थारु महिला उत्थान केन्द्रका कर्मचारी, १ देखी ९ वटै वडाका महिला स्वास्थ्य स्वयसेविका, परियोजना संयोजक लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा नौ वटै वडाका स्वयम्सेविकाहरुले बालबालिकाको सपना प्रारम्भिक बालविकासका लागि स्थानिय सिकाई तथा सामाग्री प्रर्दशनी मेलाको आयोजना गरेका थिए । स्थलमा थारु जातीहरुको भेषभुषा तथा संस्कृती झल्किने लोप भैइसकेका ढिकी, चकिया, छत्री, देहरी, ढकिया, चकटी, सुत्पा, कुथ्ली, दोकनी, हेल्का, देंल्ले, बेंना, छित्नी, पौवा लगायतका समाग्रीहरु प्रदर्शनीका लागि राखिएको थियो । त्यस्तै बालबलिकाहरुका लागि विभिन्न किसिमका गुडियाहरु, पोषण खानाको प्रर्दशनी मेला, अस्वस्थकर (जंक) खाना प्रदर्शनी पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले स्वस्थ बच्चा जन्माउनका लागि गर्भमा भएको बेला देखी नै उचित स्याहार–सुसार, राम्रो बोलीबचन, प्रशस्त मात्रामा पोषिलो खानेकुरा खानु पर्ने बताउनु भयो । कार्यक्रममा ९ वटै वडाका महिला स्वास्थ्य स्वयसेविकाहरुले प्राराम्भिक बालविकासका लागी सकरात्मक अभिभावक शिक्षा सम्बन्धी जनचेतना मुलक गीत, नृत्य र सडक नाटक मार्फत् गर्भवती भएको बेला घर परिवारले उचित स्याहार सुसार गर्नुपर्दछ, गर्भवती महिलाले ४ पटक स्वास्थ्य चेक जाँच गराउनु पर्दछ, बालबालिकालाई नियमित खोप लगाउनु पर्दछ, पोषिलो खाने कुरा खाने, घरमै खेलौना बनाउनु पर्दछ , बीस वर्ष पछि मात्र विबाह गनुपर्दछ भन्ने जनचेतना मूलक प्रस्तुतीहरु प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बालबालिकाको सपना परियोजनाले समुदायमा व्यवहार परिवर्तन गर्नुपर्दछ, गर्भवती चेक तथा बालबालिकाको स्वास्थ्य परिक्षणमा बुवाको सहभागिता बृद्धि, त्यसैगरी बालबालिका माथी हुने हिंसा न्यूनिकरण भएको र स्थानिय खेल समाग्री निर्माण गरी प्रयोग गरेका तथा बालबालिकाहरुलाई जंकफुडहरुमा न्युनिकरण गर्नुपर्दछ भन्ने विषयमा तयार पारिएका शिक्षा तथा सन्देश मुलक प्रस्तुतिहरु प्रदर्शनी गरिएको थियो ।