भुरिगाउँ, बर्दिया : नेपाल सरकारले सन २०३० सम्म बालविवाह न्यूनिकरण गर्ने घोषणा गरे संगै बर्दियालाई पनि बालविवाह मुक्त जिल्ला घोषणा गर्न बिभिन्न किसिमका प्रयासहरु गरिदै आएको छ । विगत केहि वर्षदेखि दलित महिला उत्थान संघले ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका र गुलरिया नगरपालिकामा बालविवाह न्यूनिकरण गर्नका लागि सरोकारवालाहरुसंग समन्वयात्मक बैठक, बालविवाह सम्बन्धि कानुनी प्रावधानमा अभिमुखिकरण, विद्यालय छोडेका किसोरीहरुलाई पुनः भर्ना, स्टेशनरी, ब्याग, डे«स सहयोग, किशोरी र महिलालाई प्रजनन् स्वास्थ्य र यौन शिक्षा सम्बन्धि अभिमुखिकरण जस्ता कार्यक्रम गर्दै आएको छ ।
हिजो मंगलबार ठाकुरबाबा नगरपालिकामा दलित महिला उत्थान संघले आयोजना गरेको बालविवाह तथा चाँडै हुने विवाह रोकथाम परियोजनाको समिक्षा बैठक कार्यक्रममा संस्थाले बालविवाह न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आई रहेको र कार्यक्रमहरुले सार्थकता पाउँदै बालविवाहको प्रथाको अन्य हुने परियोजना संयोजक जिरा बिकले बताउनु भयो ।
बर्दियामा बालविवाहसंग सरोकार राख्ने किशोरकिशोरी, अभिभावकहरुलाई शसक्तिकरण र सहकार्य गर्दै वालविवाह न्यूनिकरण गर्ने उद्देश्यले परियोजना लागु गरिएको र परियोजना अन्तरगत वडा स्तरमा संजाल गठन गरि समुदाय स्तरमा अभियान संचालन गर्ने, प्रत्येक घरमा प्रतिबद्धताको लागि हस्ताक्षर अभियान शुरु गर्ने, स्थानीय सरकारसंग रणनिति निमार्ण र कार्यान्वयन गर्ने, किशोरकिशोरी सन्जाल गठन गरि उनिहरु मार्फत् विद्यालयमा कार्यक्रम संचालन गर्ने जस्ता कार्य गर्दा वालविवाह न्यूनिकरणमा ठुलो सहयोग पुग्ने परियोजना संयोजक बिकले जानकारी दिनुभयो ।